vada
News

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०४ पुग्यो

वीरगञ्ज,३२ साउन । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पताल वीरगञ्जका प्रमुख डा. मदन उपाध्यायले पर्सा सुगौलीका ४७ वर्षीय ती पुरुषको कोरोनाका कारण मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँले उपचारका लागि अस्पताल ल्याउदै गर्दा मृत्यु भएको र मृत्युपछि कोरोना पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या एक सय ४ पुगेको छ। शनिबार बिहान ७ बजे अस्पताल ल्याउँदा मृत्यु भइसकेको पछि स्वाब संकलन गरी कोरोना परीक्षणमा गर्दा कोरोना पोजेटिभ आएको थियो । डा. उपाध्यायले मृतक संक्रमितलाई केहीदिन अघिदेखि रुघा,ज्वरो खोकी तथा श्वासप्रश्वासको समस्या रहेको बताउनुभयो ।

Related Articles

Back to top button