vada
News

आज रातिदेखि एक हप्ता बन्दा’बन्दी

काठमाडौं, ३२ साउन । समुदायस्तरमा को’रोना भाइ’रसको सङ्क्रम’ण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दा’बन्दी हुने भएको छ । को’रोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत सङ्क्रमणको जो’खिम बढेको भन्दै भदौ ६ गते राति १२ बजेसम्म पूर्ण बन्दा’बन्दी गर्ने निर्णय गरेको हो ।

बन्दा’बन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन् । दूधका पसल दैनिक बिहान ६ बजे देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय ब’न्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिनुभयो ।

बन्दा’बन्दीका क्रममा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने, एम्बुलेन्स बाहेकका सवारी साधनले बि’रामी बोक्न परे सम्बन्धित वडाबाट सिफारीस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उहाँले बताउनुभयो । हिजो दमकमा एकैपटक सात जनामा कोरो’ना सङ्क्र’मण पुष्टी भएको थियो । योसँगै दमकमा सङ्क्र’मितको सङ्ख्या २० पुगेको छ । सङ्क्र’मित समुदायमा हेलमेल भएका र समुदायमा को’रोना सङ्क्र’मणको जो’खिम उच्च बनेको भन्दै उनीहरुको कन्ट्र्याक ट्रेसिङ गरिने उपप्रमुख अधिकारीले बताउनुभयो ।

यसअघि दमक उद्योग वाणिज्य सङ्घले पनि आज राति १२ बजेपछि अत्यआवश्यक बाहेक सबै प्रकारका पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो समय दमकसहित देशैभरि कोरोनाको सङ्क्र’मण समुदायस्तरमा फैलिँदै गएपछि झापा, दमकका व्यवसायीले जो’खिम हुन नदिन भन्दै पसल आफैँ ब’न्द गर्न थालेका छन् ।
दमकमा समुदायमा कोरोना सङ्क्रमण देखिएसँगै यहाँका व्यवसायीले आफ्ना पसल, व्यवसाय स्वतःस्फूर्त बन्द गर्न थालेका हुन् । दमकको चौक आसपासका भिडभाड हुने स्थानका व्यापार तथा व्यवसाय सङ्क्रमण फैलिन नदिन भन्दै खनाल मार्केट पाँच दिनका लागि स्वतःस्फूर्त बन्द गर्ने निर्णय गरेका हुन् ।

दमकमा ओपिडी सेवा बन्द

दमकमा कोरोना सङ्क्रमण समुदायसम्म फैलिएको र कतिपय कोरोना सङ्क्रमित जाँचका लागि अस्पतालसम्म पुगेको पनि पत्तो पाएपछि यहाँ रहेका अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द गर्ने निर्णयमा पुगेका छन् । ओपिडी सेवामा भिडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै यहाँका अस्पतालसहित अन्य स्वास्थ्य संस्थाले ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।

जिल्लाको मेचीनगरमा एक चिकित्सकमा केहि दिन अघि कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि दमकको नीजि दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकजना सङ्क्रमित व्यक्ति उपचारमा आएको पत्तो पाएपछि उक्त हस्पिटलमा आवतजावतमा रोक लगाइएको छ । त्यसपछि दमकका एक जना सब्जी व्यापारी दमकस्थित एक अस्पतालमा उपचारका लागि गएको खुलेपछि अस्पताल पनि सिल हुने सम्भावना रहेको छ ।

Related Articles

Back to top button