vada
News

‘आकाश खसोस् या धर्ती फाटोस् फेरी पनि कुलमान नै नियुक्त गरिनुपर्छ’

६ महिनाभित्रै देशलाई कहालिलाग्दो लोडसेडिङबाट मुक्त गराउन सफलर जनता माझ लोकप्रिय छवि बनाउन सफल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक (CEO) कुलमान घिसिङको कार्यकाल सकिन केही दिनमात्र बाकीँ छ । घिसिंङको चार बर्षे कार्यकाल यही भाद्र महिनामा सकिदै छ । उनले देशमा बिजुलकिो उत्पादनका लागि महत्वपूर्ण भूमिका खेलेकाले जनताको मन उनलाई नै फेरी प्राधिकरण प्रमुखमा नियुक्त गर्नमा छ । धरैले सामाजिक सञ्जालमार्फत उनैको कार्यकाल दोर्याउन माग गरेका छन्।

घिसिङ सफल प्रमाणित भैसकेकाले यदि उनी तयारराजी हुन्छन् भने उनलाई नै प्राधिकरणमा फेरी कार्यकाल थप गरी नेतृत्व दिनुपर्छ भन्ने आम जनताको जोडदार माग हो । नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा आएको छोटो समयमै दैनिक २० घण्टा लामो लोडसेडिङबाट देशलाई उनले मुक्त गराए ।

तात्कालिन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको एघारौँ तहका कर्मचारीको रुपमा कार्यरत घिसिङलाई २०७३ साल भदौ २९ गते ४ वर्षे कार्यकालका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरषद्को बैठकबाट निर्णय गराएर प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ल्याएका थिए ।

प्राधिकरणमा नियुक्त भएसँगै उनले मुलुकमा लोडसेडिङ अन्त्य गरेर चर्चा कमाएका थिए । यस्तै रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चुर्लुम्म घाटामा डुबिरहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामको गरेकाले उनी सबैको मनमा छाएका हुन् ।

“यदि कोहि अरु आयो भने विद्युत क्षेत्रमा फेरि पहिलेकै अवस्था नआउला भनेर सोच्न सकिँदैन।सरकारले घिसिङको कार्यकाल थप गर्छ कि अरुलाई नै नियुक्त गर्छ त्यो भने हेर्न बाँकी छ । सरकारले चाहेमा नेपालका लागि विजुलीका देवता कुलमान घिसिङको कार्यकाल थप गर्न सक्छ । धेरै लामो समयसम्म धराशायी बनेको विद्युत क्षेत्र बल्ल उक्लिन थालेको छ। ”

दैनिक ८ घन्टा लोडसेडिङ हुने बर्षायाममा समेत घिसिङले २०७३ सालकै लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएर उपत्यकालाई डसेडिङमुक्त बनाउनमा ठूलो भमिका खेल्न सफल भएका हुन् । कुलमान घिसिङले आफ्नो नियुक्तिको २ महिनामै लक्ष्मीपूजामा देशभर बत्ति नजाने व्यवस्था मिलाए । औद्योगिक वितरण बन्द गर्ने र कुलेखानीको पावर ब्याकअपको व्यवस्थापन गरेर यसरी लोडसेडिङ नहुने वातावरण उनले मिलाएका थिए ।

दिनहु १८ घन्टासम्मको लोडसेडिङको हिउँदमा पनि लोडसेडिङ अन्त्य गर्दै अहिले देश नै लोडसेडिङमुक्त भएको छ । नेपाल हाल वर्षायाममा बिजुली बेच्ने अवस्थामा पुगेको छ । चमेलिया, कुलेखानी तेस्रो, त्रिशूली थ्री ‘ए’ लगायत रुग्ण जलविद्युत आयोजना सम्पन्न गराएका कुलमानले प्रशारण लाइन र सब स्टेसनको निर्माण र मर्मतलाई पनि प्राथमिकता दिँदै आएका छन् । उनको नेतृत्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नती तथा सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

उनी कार्यकालमा रहँदा ९ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७५/७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफामा छ । आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेको प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा १५ अर्ब २२ करोडमा झार्न सफल भएको छ । आर्थिक वर्ष २०७२/७३ मा ३५ अर्ब ७ करोड रुपैयाँ आम्दानी रहेको प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

उनकै कार्यकालमा ढल्केबर २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतबीचको अन्तरदेशीय प्रसारण लाइन मुजफरपुर ढल्केबरलाई २२० केभीमा चालू गरिएको छ । कटैया कुशाहा १३२ केभी दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ केभी प्रसारण लाइनहरुको निर्माण सम्पन्न गरी नेपाल र बिहारबीच विद्युत् आदानप्रदानको क्षमता विस्तार भएको छ ।

कार्यकारी निर्देशक घिसिङका अझै धेरै योजनाहरु छन् । तर, आगामी भदौ २९ गतेबाट कार्यकाल सकिने भएपछि उनको योजनाले निरन्तरता पाउँछ कि पाउँदै भनेर आम चासो सुरु भएको छ । अर्को कार्यकालमा निरन्तरता दिनुपर्छ भन्ने जनमाग एकातिर छ भने उनैलाई फेरि सोही पदमा दोहोरिन नदिन पनि चौतर्फी रुपमा चलखेल सुरु भएको छ । कुलमानलाई पुनः नेतृत्व नदिन र आफुनिकट व्यक्तिलाई ल्याउन यतिबेला उच्च राजनीतिक तहमा सक्रियता बढ्न थालेको छ ।

सरकारले चाहेमा नेपालका लागि विजुलीका देवता कुलमान घिसिङको कार्यकाल थप गर्न सक्छ । धेरै लामो समयसम्म धराशायी बनेको विद्युत क्षेत्र बल्ल उक्लिन थालेको छ। यदि कोहि अरु आयो भने विद्युत क्षेत्रमा फेरि पहिलेकै अवस्था नआउला भनेर सोच्न सकिँदैन। सरकारले घिसिङको कार्यकाल थप गर्छ कि अरुलाई नै नियुक्त गर्छ त्यो भने हेर्न बाँकी छ ।

Related Articles

Back to top button