News
भक्तपुरमा आजदेखि १० दिनसम्म लकडाउन, अस्पताल पनि सिल
काठमाडौं । कोरोना संक्रमण फैलिएपछि आज (साउन ३२) देखि भदौ ९ गतेसम्मका लागि भक्तपुरको मध्यपुरथिमी नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा लकडाउन गरिएको छ।
नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहित शनिबार साँझ बसेको आकस्मिक बैठकले मध्यपुरथिमी नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो।
नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको हो। बैठकपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्था देखेर भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए।