vada
News

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्री सहित नेताका तस्बिरमा कमेन्टको ओइरो

काठमाडौं : ब,लात्का’रपछि ह,त्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्री लगायत विभिन्न दलका शीर्ष नेताको प्रोफाइल पिक्चरमा युवाहरूले कमेन्ट गर्न थालेका छन् । आइतबार बिहानदेखि प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्ष नेताका प्रोफाइल पिक्चरमा ‘जस्टिस फर निर्मला’ भन्दै कमेन्ट गर्न थालिएको हो।

यो ट्रेन्ड पहिलो पटक प्रधानमन्त्री ओलीले सन् २०१६ मा राखेको प्रोफाइल पिक्चरमा कमेन्ट गरी सुरू भएको हो। प्रधानमन्त्री ओलीको तस्बिरमा मात्रै दुई लाखभन्दा बढी कमेन्ट भइसकेका छन्। जसमा धेरैजसो निर्मलाकै न्यायका लागि माग गरिएको छ । त्यसै गरी नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा लगायतका तस्बिरहरूमा पनि त्यसैगरी कमेन्ट गर्न थालिएको छ। नेपाल प्रहरी तथा केही मिडियाका तस्बिरहरूमा समेत त्यसरी कमेन्ट गरिएको छ।

केही समयअघि भारतमा ‘विनोद’ भन्दै कमेन्ट गर्ने ट्रेन्ड चलेको थियो। त्यसैगरी अहिले निर्मलाको लागि न्यायको माग पनि ट्रेन्डमा ल्याउने भन्दै कमेन्ट गर्न सुरू गरिएको देखिन्छ । यो अभियान कसले चलाएको हो भन्ने प्रष्ट भइसकेको छैन । २०७५ साउन ११ गते भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मलाको श,वफेला परेको थियो। उनको ब,लात्का’रपछि ह,त्या गर्ने को हुन् भन्ने अहिलेसम्म खुलेको छैन। राष्ट्रिय स्तरमा लामो समयसम्म चर्चामा रहेको निर्मला ह,त्या-ब,ला’त्कार प्रक’रणको अनुसन्धान अझै सकिएको छैन।

Related Articles

Back to top button