vada
News

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा फैलिदै को’रोना, सेवा अस्तव्यस्त हुने ख’तरा

काठमाण्डौ । को’रोना भा’इरस सं’क्रमणको म’हामारीसँग ल’ड्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अग्रपंक्तिमा खटिइरहेका छन् । जसका कारण उनीहरुमा सं’क्रमण पनि फैलिदै गएको छ । जसका कारण अन्य व्यक्तिमा पनि जो’खिम बढिरहेको छ । त्यति मात्रै होइन, अहिलेकै अवस्थामा सं’क्रमण बढ्दै गयो भने सुरक्षा र स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त हुने ड’र देखिएको छ ।

दैनिक कोे’रोना सं’क्रमित थपिदै जाँदा र वि’रामीको उपचारमा दिनरात खटिने स्वास्थ्यकर्मीहरु पनि सं’क्रमित भैरहेका छन् । त्यसैगरी सुरक्षाकर्मीमा सं’क्रमण भइरहेको छ । सुरक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय व्यक्तिहरुमै को’रोना सं’क्रमण बढेपछि अवस्था गम्भीर बन्ने हो कि भन्ने चि’न्ता व्यक्त हुन थालेको छ । विशेषगरी अस्पतालमा अन्य रो’गको उपचार गर्न जाने वि’रामी तथा आफन्तहरुमा त्रा’स उत्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३१ शनिबार गतेसम्मको तथ्याङ्कअनुसार देशभर ४४ जना डाक्टर, ३५ जना भन्दा धेरै नर्स र २ सय १२ जना भन्दा धेरै स्वास्थ्यकर्मी सं’क्रमित भैसकेका छन् । यसरी स्वास्थ्यकर्मी सं’क्रमित हुँदै जाने हो अन्य वि’रामीहरुको समेत उपचारमा स’मस्या उत्पन्न हुने सरुवा रो’ग विशेषज्ञ डा.बाबुराम मरासिनी बताउँछन् ।

साउन ३१ गते सम्म नेपाल प्रहरीका ५ सय ५१, नेपाली सेनाका २ सय ३३ र सशस्त्र प्रहरीका २ सय ३३ जनामा को’रोना पुष्टि भैसकेको छ । यो तथ्याङ्कले पनि स्पष्ट पार्छ कि सुरक्षा निकायमा पनि को’रोना भा’इरस भुसको आ’गो झैँ फैलिएको छ । जसका कारण सर्वसाधारण पनि असुरक्षित छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले सं’क्रमण फैलिएसँगै उच्च सतर्कता अपनाएर काम गरिरहेको बताएका छन् ।

सुरक्षाकर्मी होस वा स्वास्थ्यकर्मी, उनीहरुबिना को’रोना नियन्त्रण तथा रोकथाम सम्भव छैन । त्यसैले सर्वसाधारणलाई झै उनीहरुलाई घरभित्रै राख्न मिल्दैन । तर सं’क्रमणबाट बँच्न उच्च सतर्कताका साथ काम गर्नुको विकल्प छैन । तर अहिलेसम्मको अवस्था हेर्दा सरकारले खासै चासो दिएको पाइदैन ।

Related Articles

Back to top button