vada
News

कोरोना संक्रमण मुक्त भएर घर फर्केकको चार घण्टा नबित्दै मृत्यु

वीरगन्जमा कोरोना संक्रमण मुक्त भएर घर फर्केका पुरुषको चार घण्टा नबित्दै मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवार रहेका छन् ।

ति पुरुष नारायणी अस्पताल विषेश कोरोना अस्थायी वीरगन्ज हेल्थ केयरमा अस्पतालबाट शनिबार राति कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । डिस्चार्ज भएको समयमा नै झाडा पखाला र अक्सिजनको मात्रा पनि कम भएकोले उनलाई थप उपचारको लागि राम्रो अस्पतालमा भर्ना गर्न कोबिड अस्पतालका चिकित्सकले सल्लाह दिएका थिए ।

रिपोट नेगेटिभ आएपछि अस्पतालमा बस्न नमिल्ने भन्दै कलवारलाई थप उपचारका लागि अस्पतालमा लैजान चिकित्सकले सल्लाह दिएका थिए ।रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चारघण्टापछि मृत्यु भएपछि मृतकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका छन् ।

Related Articles

Back to top button