vada
News

एसईईको नतिजा सार्वजनिक,यसरी थाहा पाउनुहोस् आफ्नो नतिजा

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईईको नतिजा सार्वजनिक गरेको छ । सोमबार अपरान्ह बसेको बोर्ड बैठकले नतिजा प्रमाणित गरेको हो ।करिब एक साता अघि नतिजा तयार भई परीक्षा नियन्त्रण कार्यालयले बोर्डमा बुझाएको भएपनि शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर सोमबार मात्र परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा हेर्नका लागि १६०० डायल गरी थाहा पाउन सकिने जानकारी दिएको छ । यस्तै एनसेल र नेपाल टेलिकममार्फत् १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिने छ ।

माध्यामिक शिक्षा परीक्षा कक्षा १० काे वेबसाइट see.gov.np, शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। यस्तै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिनेछ।

हेर्नुहोस् बिज्ञप्तिसहित…

Related Articles

Back to top button