vada
News

यी ठाँउमा भोलि देखि घरको कम्पाउण्डमा समेत निस्कन नपाईने!!

काठमाडौं,बारामा कोरोना संक्रमणको दर दिनानुदिन बढेपछि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।आम नागरिकको जीवनरक्षा तथा रोगका संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितीको बैठकले सोमबार बिहान ५ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधीमा औषधी पसललाई २४ सै घण्टा खोल्न अनुमती दिइएको छ भने अन्य अत्यावश्यक सामग्रीका पसलहरु खाद्यान्न, ग्यास, इन्धन, दुध डेरी, तरकारी पसलहरुसमेत बिहान ८ बजेभित्रै बन्द गरिसक्न निर्देशन गरिएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा सम्बन्धी सुचनामा निषेधाज्ञा अवधीभर अत्यावश्यक काम बाहेक मानिसहरुलाई घर बाहिर वा घरको कम्पाउण्डमा समेत ननिस्कन आदेश दिइएको छ ।

Related Articles

Back to top button