जातिय विभेदको अन्त्यको कामना गर्दै पूर्व युवराज शाहद्वारा दीप प्रज्ज्वलन
पोखरा , जेठ । पूर्व युवराज पारस शाहले रुकुम घटनामा ज्या’न गुमाउनेहरुको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्नुभएको छ। पोखराको लेकसाईड खहरेमा दीप प्रज्वलन गर्दै पूर्व युवराज शाहले जातिय विभेदको अन्त्यको कामना पनि गर्नुभएको छ । लामो समयदेखि पोखरा बस्दै आउनु भएका शाह अहिले लकडाउनले प्रभाव परेका असहाय र गरीब परिवारलाई खाद्यान्न सहयोग समेत गर्दै आउनु भएको छ ।
शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी किशोरी सँग नवराज विश्वकर्माको अन्तर जा’तीय प्रेम स’म्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयले कु’टपिट गरी ह,त्या गरिएको पीडित परिवारको भनाइ छ ।
भेरी नगरपालिका–४, जाजरकोटका युवाको समूह किशोरीलाई लिन रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा पुगेको बेला भएको घ’टनापछि भेटिएका ५ वटा श,वको पेटमा पानी नभेटिएको पोस्ट मा’र्टम रिपोर्टबाट खुलेको छ। जाजरकोट अस्पतालमा गरिएको पोस्ट मा’र्टममा कु’टपि’टपछि मृ,त्यु भएको देखिएको चिकित्सकको भनाइ छ ।