vada
News

यी ३ राशिहरुले पाएका हुन्छन् सानै उमेरमा धेरै धनी बन्ने भाग्य, छिट्टै गर्छन् प्रगति !

काठमाडौ । ज्योतिशी शास्त्र अनुसार मानिसहरुको भविष्यबानी आफ्नो राशिहरुबाट पनि थाहा हुने बताउछन् । किनभने जन्म,विवाह , मृ-त्युको लागी पनि राशि आवश्यक हुन्छ । त्यसैले १२ वटा राशिहरु मध्ये यी ३ राशिहरु भएको मानिसहरु चाहि एकदमै भाग्यमानी हुन्छन् । किनभने उनीहरुले सानै उमेर देखि नै सुख , शान्ति र धेरै धन आर्जन गर्ने हुन्छन् । हेरौ ती कुन कुन राशिहरु हुन् । कही तपाईको राशि त परेन् ।

सुरुवातमा कन्या राशि । यो राशि हुने ब्यक्ति अरु राशिहुनेहरु भन्दा बिलकुलै फरक हुन्छन् । किनभने उनीहरुसगँ आत्म विश्वास र कठोर परिश्रम र हरेक काम गर्नु पूर्व सोचेरमात्र काम गर्ने भएकाले यस्तो शुभ रहेको छ । जो एकदमै भाग्यमानी हुन्छन् ।

अर्को वृष राशि , यो राशि हुने मानिसहरु पनि सधै जीवनमा छिट्टै सफलता हात पार्ने हुन्छन् । किनभने यो राशि हुनेहरु शान्त , आफ्नो निर्नयमा अडिग रहने , मेहनती र जस्तो सुकै दुखमा पनि बाच्ने भएकाले यो राशि हुने ब्यक्तिले प्रशस्त धन आर्जन गर्छन् ।

र अन्तिममा धनु राशि , यो राशि हुने मानिसहरु पनि अत्यन्तै सालिन स्वभावका मिहेनती हुनाले प्रशस्त धन कमाउने हुन्छन् । किनभने हरेक काम गर्दा नया नया तरिका अपनाएर काम गर्नुको साथै थोरै पैसालाई जम्मा गरेर धेरै बनाउने हुन्छन् ।

पूजा गर्दा यो दिशामा दियो-बत्ति बाल्दा बढ्छ आयु !

हिन्दु धर्मअनुसार पूजाआज गर्दा सुरुमा नै बत्ती बाल्ने चलन रहेको छ । हरेक पूजा आज गर्नु पूर्व दियोमा बत्ती बाल्नु शुभ मानिन्छ । यसरी दियो बाल्नाले घरमा शान्ति मिल्नुको साथै दुख कष्ट छुटकारा हुने विश्वास रहेको छ । यसरी दियो बाल्नुको धार्मिक र बौद्धिक दुवै कारणहरु हरेका छन् ।

हर्नुहोस् यस्तो छ धार्मिक कारण : पूजामा दियो बाल्नुको बिशेष महत्व रहेको छ । यसरी दियो बाल्नुको अर्थ जीवन भएको अन्धकार हटाइ ज्ञानको ज्योति ल्याउनु रहेको छ । अझ भन्ने हो भने आरती गर्दा घ्यूमा बत्ति बाल्दा सुख र सम्पति मिल्ने विश्वास गरिएको छ । हरेक दिन यसरी दयो बाल्नाले घरमा लक्ष्मीको बास हुने धार्मिक विशेषता रहेको छ ।

पूजाआजा गर्दा सुरुमा नै दियो बाल्नुको यस्तो छ कारण : यदि गाईको घ्यूमा बत्ती बाल्नाले घरवरपरको वातावरणलाई शुद्ध बनाउँछ । घ्यूउमा जीवाणुलाई मार्न सक्ने गुण भएको कारण घ्यूको प्रयोग गर्नु राम्रो हुनेछ । पूजा नभएपनि दियो बाल्नु शुभ हुने बैज्ञानिक अनुसन्धानमा देखिएको छ ।

दियो बाल्दा जप्नुपर्ने मन्त्र

दीपज्योति : परब्रह्म : दीपज्योति : जनार्दन : । दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।
शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां। शत्रुवृद्धि विनाशं च दीपज्योति : नमोस्तुति।।

हरेक दिन दियो बाल्दा ध्यान दिनुपर्ने कुराहरु : घरमा दियो बाल्दा पूर्व दिशातिर फर्काएर बाल्नाले आयु बढ्छ भने दियो पश्चिम फर्काएर बाल्नाले दु ख बढ्छ भन्ने विश्वास रहेको छ । दियो बालेर दक्षिण तिर फर्काएर राख्नाले धनजनको हानी भएकाले दियोको मुख भाग सधै पुर्व फर्काएर बाल्नुपर्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

Related Articles

Back to top button