vada
News

कोरोना संक्रमणबाट थप २ जनाको मृ’त्यु भएको पुष्टि

काठमाडौं, कोरोनाबाट नेपालमा थप २ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई जनाको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।

प्रवक्ता देवकोटाका अनुसार दैलेखको दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या आठ पुगेको हो। दैलेखका पुरुषको शनिबार मृ’त्यु भएको थियो भने बाजुराकी बालिकाको आइतबार बिहान बाजुरा अस्पतालको आइसोलेसनमा मृ’त्यु भएको थियो।

बाजुराको बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेकी बालिकाको स्वास्थ्यमा स’मस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो।

बच्चामा पखाला, ज्वरो, श्वा’सप्रश्वासमा स’मस्या देखिएको थियो। आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएकी हुन् । भारतबाट आएपछि उनीहरुलाई बुढिगंगा नगरपालिका-१ को धुरालसैन माविको क्वारेन्टाइनमा राखिएका थियो ।बालिकासँगै आइसोलेसनमा उनका आमा र बुवासमेत राखिएको थियो । बालिका भारतबाट आउने क्रममा बाटोमा बि’रामी परेको आफन्तले बताएका थिए ।

Related Articles

Back to top button