झण्डा ज’लाउने समूहका चार जना प’क्राउ !
काठमाडौँ – एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा ज’लाउने समूहका थप तीन जनालाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ। अहिलेसम्म चार जना प’क्राउ परेको महानगरीय अ’पराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले जानकारी दिए। सार्वजनिक म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो।
एसएसपी थापाका अनुसार अब ६/७ जना प’क्राउ पर्न बाँकी रहेको र उनीहरू सबै पहिचान भइसकेको छ। प’क्राउ परेका चारै जना व्यक्तिलाई अ’पराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको थापाले बताए। भिडियोका गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी पनि गरेको थापाले बताए।
भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ। म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन्।