vada
News

बुबाको मुख हेर्ने दिन : नायिका रेखा थापाले भनिन् ‘मेरो प्रेरणा, हिम्मत र हौसलाको मुहान हुनुहुन्थ्यो मेरो बुवा’

काठमाडौं, ३ भाद्र । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ९आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

बुबाको मुख हेर्ने दिनकै अवसरमा चर्चित नायिका तथा निर्मात्री रेखा थापाले बुबाको जन्मदिनको अवसरमा बुबा आफ्नो प्रेरणाको स्रोत भएको बताएकी छिन् । इस्टाग्राममा लामो स्टाटस पोष्ट गर्दै नायिका थापाले भनेकी छिन् मेरो प्रेरणा हिम्मत र हौसलाको मुहान हुनुहुन्थ्यो मेरो बुवा । आज पनि सबै किसिमका बाधा अडचनहरुको बेलामा बुवाले भन्नु भएका शब्दहरु सम्झिन्छु । मैले बुवालाई कती कुरा बताइन होला, कती कुरा बुवाले पनि भन्नु भएन, तर आशिर्वादको मुहानको रुपमा र मेरो शक्ती र उर्जाको श्रोतको रुपमा म सँग बुवा सधैं साथमा भएको महसुस गर्छु । यो पवित्र दिनमा मेरो बहादुर र स्नेही बुवालाई हार्दिक स्मरण गर्दछु ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।

Related Articles

Back to top button