vada
News

कोरोना सं क्रमण बढ्दै जाँदा सीसीएमसीको बैठक बालुवाटारमा जारी, यस्ता निर्णय हुनसक्ने

काठमाडौं । नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । यो बीचमा कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ठोस योजना बनाउन सीसीएमसीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद बैठकमा ठोस योजना ल्याउन निर्देशन दिनुभएको थियो ।

कोरोना (कोभिड–१९) को सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि सर्वसाधारणमा त्रास फैलिन थालेको छ । विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदैआएको छ । उपत्यकामा पनि बुधबार रातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

सो विषयमा ठोस योजना ल्याउन प्रधानमन्त्री ओलीले सीसीएमसीका संयोजक रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन गर्नुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक बालुवाटारमा जारी छ । बैठकले कोरोना नियन्त्रण तथा न्यूनीकरणका विषयमा ठोस योजना ल्याउने बुझिएको छ ।

Related Articles

Back to top button