News
फेरि आयो यस्तो निर्णय : दुई हप्ताका लागि यातायात सेवा पूर्ण रुपमा बन्द
मुगु । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मुगुमा दुई हप्ताका लागि यातायात सेवा बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले १४ गतेसम्म यातायात सेवा बन्द गर्ने निर्णय गरेको हो ।
संक्रमण बढ्दै गएपछि जिल्लाभित्र र बाहिर सञ्चालन हुने सबै यातायातका साधनमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताउनुभयो ।
उहाँका अनुसार गमगढीदेखि रारा, ताल्चा, सोरु तारापानी, गमगढी, बालै, पिना र छाइलसम्म जथाभावी गाडी सञ्चालन गर्दा जिल्लामा कोरोना संक्रमणको जोखिम बढिरहेको थियो ।