vada
News

सीमामा क’डाई गर्दा भारतीयको सहयोग लिएर प्रहरी माथि आ’क्रमणको प्रयास

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबारराति नेपाल प्रहरी र सशस्त्र प्रहरी माथि आ,क्रमणको प्रयास भएको छ । को’रोना भा’इरसको म’हामारीका कारण नेपालबाट भारत र भारतबाट नेपालतर्फ आवतजावत गर्न नदिन नाकामा खटिएका प्रहरीमाथि आ,क्रमण गर्न खोजिएको हो।

सामान खरिद गर्ने बहानामा भारत तर्फ गएकालाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजे पछि बुधबार साँझबाट त’नाव सुरु भएको थियो। उनीहरुले भारतीयको सहयोगमा नेपाली सुरक्षाकर्मी माथि आ,क्रमण गर्न खोजेको प्रहरीले जनाएको छ। ‘नेपालबाट ३०-३५ जना लुकिछिपी चोर बाटो हुँदै सामान खरिद गर्ने बहानामा भारततिर गएका रहेछन्’, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले भने, ‘सामान लिएर फर्कने क्रममा उनीहरु ज’बरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि रोक्न खोज्दा अवस्था तनावपूर्ण बन्यो।’

उनका अनुसार को’रोनाका कारण नेपाल–भारत आवत जावतमा पूर्ण रुपमा रोक लगाउँदै सीमा क्षेत्रमा क’डाई गर्ने काम भइरहेको छ । को’रोना संक्रमण दर उच्च रहेको भारततर्फ लुकि छिपी जाने र सामान खरिद गरेर फर्कने क्रम रोकिएको छैन । त्यस्तालाई प्रहरीले रोक्न खोज्दा सीमा क्षेत्रमा बेलाबेला त’नाव हुने गरेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

Related Articles

Back to top button