vada
News

लकडाउन खुकुलो बनाउँदै, यस्तो बन्दैछ नयाँ मोडालिटी

काठमाडौं । सरकारले अब कोरोना भाइरससँग संघर्ष गर्दै आर्थिक तथा सामाजिक गतिविधि पनि बढाउँदै लैजाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गदै सरकारले अब कोरोना भाइरससँग संघर्ष गर्दै आर्थिक तथा सामाजिक गतिविधि पनि बढाउँदै लैजाने बताइसकेका छन् ।

उनले केही उद्दोग संचालन र निर्माणहरु भइरहेको उदाहरण दिदै कोरोना रोकथामको उपायसहित निर्माण र उत्पादनको क्षेत्रलाई गति दिइने बताइसकेका छन् । यसलाई अब लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारको नीति मानिएको छ ।

लकडाउन क्रमशः खुकुलो बनाउँदै लगिएको आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । उनले भने, ‘लकाउन क्रमशः खुकुलो भइरहेको छ ।’ सरकारले लकडाउन खुकुलो पारेको कुनै घोषणा नगरेपनि सरकारी निकायमा खुकुलो पार्दै लाने गरी व्यवहारहरु भएका छन् ।

अत्यावश्यक काममा निस्किएकाहरुलाई सुरक्षाकर्मीले अवरोध गरेका छैनन् । काठमाडौं उपत्यकामा छिर्ने नाकाहरुमा भने कडाई गरिएको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान अझै कडाई छ । तर, आन्तरिक रुपमा काममा आवतजावत गर्नेहरुलाई व्यवहारिक रुपमा छुट दिइएको छ ।

सरकारले परिस्थिति हेरेर लकडाउन खुकुलो पार्ने गरी मापदण्ड बनाउँदैछ । उनले यातायात क्षेत्र कुन कुन र कहाँ कहाँ चलाउन दिने अध्ययन भइरहेको खुलाए । संक्रमण बढी भएको ठाउँ सिल गर्ने र नभएको ठाउँमा सञ्चालन गर्न दिने गरी तयारी भइरहेको बुझिएको छ ।

Related Articles

Back to top button