vada
News

सन्तान अमेरिकामा, हजुरआमा पशुपतिको वृद्धाश्रममा ! मैले संकल्प गरेकी छु – त्यो घर कहिल्यै फर्किन्नँ !

काठमाडौं। ठिक छ वर्षअगाडि इन्द्रकुमारी रिजालले आफ्ना ‘मालिक’ गु’माइन् । त्यसपछि उनको जीवनबाट हाँसो गु’म्यो । जीवन उ’जाड भयो । त्यसपछि उनी पशुपतिनाथको शरणमा आइन् । अब बल्ल उनको ओठमा कहिलेकांही हाँसो देखिन थालेको छ । केही समयअघि पशुपतिनाथ मन्दिरको छेवैमा रहेको वृद्धाश्रम पुग्दा इन्द्र कुमारी विगतमा फर्केर टोलाइरहेकी थिइन् । उनको ब्लडप्रेसर जाँच गर्न आएका केही स्टाफ नर्स नजिकै थिए ।

तीनैमध्ये एकलाई इन्द्रकुमारीले सोधिन्, ‘नानी तिम्रो बिहे भयो ?’

कोठाभर हाँसो गुन्जियो । इन्द्रकुमारीले जवाफ पाइन्, ‘यति छिटो ?’

यो उत्तर इन्द्रकुमारीका लागि अर्को आश्चर्य थियो । उनको त ११ वर्षको उमेरमा विहे भएको थियो । त्यही विवाहले उनको जीवनमा अनेक मोड ल्याएको थियो । चितवनी इन्द्रकुमारीको चितवनमै विवाह भयो । ११ वर्षमा नै उनले घर सम्हाल्न थालिन् । अहिले ९५ वर्ष पुगेकी इन्द्रकुमारीले ती बेलाका कति कुरा त बिर्सिसकिन् । सम्झना छ त उनलाई, त्यो विगतले दिएको दुःखको छ । ‘जीवनमा सुरु देखि नै दुःख पाएँ,’ उनले भनिन् ।

त्यसपछि विगतमा फर्किइन् इन्द्रकुमारी । इन्द्रकुमारीकी पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन्, छोरी । तर, चार वर्ष पुग्दानपुग्दै उनको निधन भयो । पहिलो सन्तानको बिछोडलाई भुल्न त के सक्थिन्, इन्द्रकुमारीले दोस्रो सन्तान जन्माइन् । उनकी दोस्रो सन्तानका रुपमा पनि छोरी नै जन्मिएकी थिइन् । अफसोस ! उनी पनि लामो समय बाँच्न सकिनन् ।

त्यति बेला इन्द्रकुमारी १९ वर्षकी मात्र थिइन् । ‘लगातार दुई सन्तान गुमाएकी थिएँ बाबु, पीडा खप्नै सकिनँ,’ त्यो समय सम्झँदा अहिले पनि इन्द्रकुमारीको आँखा रसाउँछ, ‘म त बौलाही भएकी थिएँ ।’ दुई छोरी गु’माएपछि इन्द्रकुमारी पहिलो पटक काठमाडौं आइन्, पशुपतिमा लाख बत्ती बाल्न ।

‘मेरा मालिकले यसमा सहमति जनाउनु भएको थियो, उहाँ निकै जाती हुनुहुन्थ्यो,’ इन्द्रकुमारीले श्रीमान्लाई सम्झिइन्, ‘मैले भनेको कुरामा कहिल्यै नाइँनास्ती गर्नुभएन ।’ तिनै मालिकलाई ६ महिनाअघि गुमाइन्, इन्द्रकुमारीले । त्यसपछि उनी आएकी हुन् पशुपतिको शरणमा ।

तर, यसबीचमा अनेक समस्याहरुसँग पैँठेजोरी खेल्नुपर्यो इन्द्रकुमारीले । सबैभन्दा पहिलो त्यो मुकाबिला आफ्नै परिवारसँग थियो । दुवै छोरी नबाँचेपछि उनकी सासुले छोरालाई बारम्बार द’बाब दिइन्– अर्को विहे गर्नू । ‘हेर्नु बाबु, पशुपतिको शरणमा बसेर झुट बोल्नु हुँदैन,’ इन्द्रकुमारीले सम्झिइन्, ‘मेरा दुवै नानी गु’मेपछि मेरी सासूले मलाई दैनिक सराप्थिन्, पापी भन्थिन् । मेरो मन दु’ख्थ्यो ।’ तर, यस्तो हुँदा पनि श्रीमान् र ससुराले इन्द्रकुमारीलाई साथ दिएकै थिए । तर, उनकी सासूआमाको अगाडि कसैको जोर चलेन । उनका श्रीमान्ले अर्को विवाह गरे ।

२०/२१ वर्षकी थिइन्, इन्द्रकुमारी । श्रीमान्ले आफूमाथि सौता हालेको उनको मनले निको मानेन । त्यति बेलासम्म श्रीमान्लाई भनेर घरमा सासूआमाको गा’ली सहेर बसेकी इन्द्रकुमारीले घर छोड्ने निर्णय गरिन् । ‘घरमा मेरो आफ्नो कोही छ जस्तो नै लागेन,’ इन्द्रकुमारी सुँक्क गरेको सुनियो, ‘सौतासँग बस्नु भन्दा घरै छाडेर हिँड्न ठीक होला भन्ने लाग्यो ।’ २१ वर्षमा इन्द्रकुमारी बनारस पुगिन् । बनारस जानका लागि उनले माइतीमा बासँग सल्लाह गरेकी थिइन् । ‘हिँड्ने बेला मैले संकल्प गरेकी थिएँ– त्यो घर कहिल्यै फर्किन्नँ,’ अहिले पनि इन्द्रकुमारी सम्झिन्छिन् ।

तर, सोचेजस्तो भएन । उनी बनारस पुगेकी मात्र के थिइन्, उनका ‘मालिक’ले बारम्बार चिठी पठाइरहे, फर्किएर आउन भनिरहे । तर, एक वर्षसम्म फर्किइनन् इन्द्रकुमारी । यता, चितवनबाट उनका श्रीमान्ले चिठी पठाउन छाडेनन् । दुई वर्षपछि चाहिँ इन्द्रकुमारीको मन पग्लियो । उनी त्यति बेला आफन्तकहाँ दार्जिलिङमा थिइन् । त्यहाँ पनि उनका श्रीमान्ले चिठी पठाइरहेका थिए । त्यसपछि इन्द्रकुमारी दार्जिलिङबाट फर्किएर नेपाल आइन् ।

जब उनी चितवनमा पुगिन्, उनलाई थाहा भयो, उनको श्रीमानकी कान्छी श्रीमतीको पनि उनकै जस्तो नियती भएछ । उनका पनि दुई सन्तान गुमेछन् । यो एक किसिमले परिवारमा पीडा थियो । तर, यही कारणले पहिले इन्द्रकुमारीलाई जति हेपिएको थियो, त्यसमा चाहिँ कमी आएको थियो ।

त्यसपछि आफ्ना श्रीमान् र सौतासँग मिलेर बसिन् इन्द्रकुमारी । विडम्बना ! त्यसपछि इन्द्रकुमारीको काखमा रहेनन् कुनै सन्तान । यसको अर्थ के होइन भने उनले सन्तानको माया र ममता नै पाइनन् । उनले त मालिककी कान्छीका छोरीहरुलाई आफ्नै जस्तो ठानिन्, आफ्नो जस्तै गरेर हुर्काइन् । उनले चार छोरी जन्माएकी थिइन् ।

अब त उनका छोरीहरुको पनि घर जमिसकेको छ । केही समयअघि मात्र इन्द्रकुमारी कान्छी छोरीको छोराको पास्नीमा पुगेकी थिइन् । ९४ वसन्त पार गरिसकेकी इन्द्रकुमारीले विगतका धेरै कुरा बिर्सिइसकेकी छिन् । जति सम्झनामा छन्, त्यसले उनलाई अब सुखमात्र दिइरहेका छन् । जस्तो कि, उनी श्रीमान्सँग भारत र नेपालका धेरै धार्मिक स्थलमा पुगेकी छिन् । ती ठाउँहरुबारे उनलाई अहिले पनि राम्रोसँग सम्झना छ ।

‘मालिकको पनि सम्झना छ,’ उनले भनिन्, ‘उहाँसँग बिताएका क्षणहरु, घुमेका ठाउँहरुको सम्झना छ ।’ यी सब सम्झनाहरुलाई उनी दैनिक वृद्धाश्रममा रहेका अन्य वृद्धवृद्धाहरुसँग बाँडिरहेकी हुन्छिन् । अनि अधिकांश समय भजनकिर्तनमा नै दिन्छिन् । ‘अब त यहाँकै साथीहरु हामी एक अर्काका साहरा हौँ,’ उनले भनिन्, ‘आफ्नो जीवनका अनेक कुराहरु हामी बाँड्छौँ ।’ त्यसो त आफ्नै रहरले वृद्धाश्रममा बस्न थालेकी हुन् इन्द्रकुमारी । त्यसैले पनि बेलाबेला उनका छोरी तथा नातिनीहरु बारम्बार उनलाई भेट्न आइरहेका हुन्छन् ।

‘अस्ती मात्रै पनि अमेरिकाबाट आएकी नातिनी मलाई भेट्न आएकी थिइ,’ उनले भनिन्, ‘छोरीहरु पनि भेट्न आउँछन्, आफ्नो घर जाम भन्छन् ।’ ‘किन उनीहरुको घरमा गएर म बोझ बनूँ ?’ इन्द्रकुमारीको प्रश्न छ । फरकधारबाट साभार

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

Related Articles

Back to top button