vada
News

सजिलै पेट घटाउन चाहनुहुन्छ ? सुत्नुअघि अपनाउनुहोस यी तरिका

दुब्लो पातलो व्यक्ति सँधै मोटाउन के गर्नुपर्छ भनेर चिन्तामा परिरहेको हुन्छ भने मोटा व्यक्ति कसरी घट्ने भन्ने चिन्तामा हुन्छ । सहरिया व्यस्त जीवनशैली बिताईरहेका नागरिकका लागि दैनिक शारिरीक कसरतको समय हुँदैन भने खानपिनमा पनि धेरै विचार पुर्‌याउन सकिरहेको हुँदैनन्।

ठूलो पेटले देख्दा भद्दा देखिनेमात्र होइन् विभिन्न रोग पनि भित्र्याइरहेको हुन्छ । त्यसैले ठूलो पेटलाई घटनाउन सुत्नुभन्दा अघि तपाईले यी पाँच तरिका अपनाउनुभयो भने तपाईंलाई केही राहत अनुभूति हुनेछ।

सुत्नुभन्दा दुई घण्टा अघि खाना खानुहोस् :
ढिलो खाना खाने तथा खाना खाएलगत्तै सुत्ने दैनिकीले हाम्रो पेट बढाइरहेको हुन्छ । त्यसैले सुत्नभन्दा दुई घण्टा अघि खाना खाएमा मोटाउनेक्रम धेरै कम हुन्छ । सम्भव भए खाना खाएर केही समय हिड्नु अझै लाभदायक हुनेछ।

खाना अघि सुप खाने:
हामीले बिहान र बेलुका खाना (दाल, भात, तरकारी) खाने गरेका छौं । खाना सकेसम्म हलुका खालको खाने र खानुभन्दा अघि दाल वा कुनै सुप खाने गर्नुभयो भने पेट घटाउन मद्दत पुग्नेछ।

Related Articles

Back to top button