vada
News

६ वर्षकी बालिकासहित आजमात्रै नेपालमा कोरोनाले लियो ९ जनाको ज्यान

काठमाडौँ । नेपालमा शनिबार थप ९ जनाको कोरोनाको कारण निधन भएको छ । निधन हुनेहरुमा सुनसरीकी ६ वर्षे बालिका र ६७ वर्षे पुरुष, पर्साका ३ जना, बाराका ५८ वर्षका पुरुष, सिरहाका पुरुष, मकवारपुरका पुरुष र भक्तपुरका ७३ वर्षका पुरुष गरेर ज्यान गुमाउनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ ।

जुन मृत्युको कुल प्रतिशत शून्य दशमलव ५३ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा आज १ सय ३६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ । त्यस्तै आजमात्रै काठमाडौँ उपत्यकामा पछिल्ला दिनमा झनै डरलाग्दो तरिकाले कोरोना संक्रमण बढीरहेका बेला आज एकै दिन २१६ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठामडौँमा २१६ जनामा संक्रमण पुष्टि भएकोमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिँदै देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

Related Articles

Back to top button