vada
News

काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा काठमाडौंको टोखा र काठमाडौं मेडिकल कलेजकी एक स्वास्थ्यकर्मीसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु २१ देखि २७ वर्षीया महिलारहेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (बुधवार) एकैपटक २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतको कुल संख्या २३ सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज एकैपटक २०१ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम ९ जनाको मृत्यु भएको छ नेपालमा आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाका ७६ वर्षीय वृद्ध रहेको बताएको छ । त्यस्तै नेपालमा २७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

आज मात्रै १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसअघि हिजो (मंगलवार) एकैपटक नेपालमा २८८ जना कोरोना संक्रमित फेला परेका थिए ।

Related Articles

Back to top button