vada
News

दुई स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण, टाउकोमा चोट

काठमाडौं । रौतहटको एक क्वारेन्टाइनमा दुई स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । कुटपिटबाट स्वास्थ्यकर्मीको टाउकोमा चोट लागेको छ । रौतहट  राजपुर नगरपालिका–९ स्थित क्वारेन्टाइनमा  सिनियर अहेव खुर्सीद आलम र रामनरेश साहलाई कुटपिट गरिएको हो । उहाँहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत बैजु ठाकुरले पीसीआर परीक्षणको रिपोर्ट कोरोना पोजेटिभ आएपनि संक्रमतिसँगै केही दिन बसेकाले आरडीटी परीक्षण गराएरमात्रै घर पठाउने तयारी भइरहेको समयमा उनीहरुले त्यसको विरोध गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बताउनुभयो ।

क्वारेन्टाइनमा बसेका २०९ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरु पनि केही दिन संक्रमितसँगै बसेकाले आरडीटी परीक्षण गराएर मात्रै पठाउने तयारी अनुसार आरडीटी परीक्षण भइरहेकोमा त्यसको विरोधमा उनीहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

२० जनाको आरडीटी परीक्षण भइसकेको थियो । जसमा १० जनाको आरडीटी रिपोर्ट पोजेटिभ पनि देखियो । आरडीटी परीक्षण चलिरहेकै समयमा  उनीहरुले परीक्षण नै नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए । उनीहरुले स्वास्थ्यकर्मीहरु चढेर आएको तीन वटा मोटरसाइकल समेत तोडफोड गरेका छन् ।

Related Articles

Back to top button