vada
News

छिमेकी बोलाएर तिजको नाचगान र दर, भोलिपल्ट कोरोना सल्केको पक्का भएपछी मच्चियो को’काहल

काठमाडौं: उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गर्दै एकै ठाउँ जम्मा नहुन दिएको कडा निर्देशनको नागरिकस्तरमा बेवास्ता भइरहेको छ। राजधानीमा कोरोना समुदायस्तरमा पुगिसकेको अवस्थामा एकजना महिलाले टोलभरीका छिमेकी भेला पारेर दरभोज गरेपछि उनैलाई कोरोना पुष्टि भएको छ।

केही दिनदेखि हल्का ज्वरो र लगातार खोकी लागेपछि काठमाडौंको कागेश्‍वरी-मनोहर नगरपालिका-७ सयपत्री टोलकी ३० वर्षीया महिलाले पिसिआर परीक्षणका लागि मूलपानी पुगेर स्वाब दिएकी थिइन्।

एक फाइनान्समा काम गर्दै आएकी उनले पिसिआर परीक्षणका लागि स्वाब दिइसकेपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य आचारसंहिताको बेवास्ता गर्दै भदौ ४ गते टोलका करिब ५० महिला भेला पारेर घरमै तीजको दरभोज आयोजना गरेकी थिइन्। तर दरभोज आयोजना गरेको भोलिपल्ट अर्थात तीजको व्रतका दिन ती महिलामा कोरोना पुष्टि भयो।

Related Articles

Back to top button