vada
News

अब क’मजोर हुँदैछ को’रोना भा’इरस ? यस्तो भन्छ डब्लूएचओ

काठमाडौ । विश्वभरी म’हामारीको रुपमा फैलिएको को’रोना भा’इरस (कोभिड–१९) दिनप्रतिदिन क’मजोर हुँदै गएको भनी कुरा उठेको भए पनि विश्व स्वास्थ्य संगठनले भने त्यो मानेको छैन । एक पत्रकार सम्मेलन गरेर डब्लूएचओले भा’इरस बलियै रहेको जनाएको छ । यो भा’इरस अहिले पनि ज्यानमा–रा छ र यसले दिनदिनै हजारौं मानिसको ज्या’न लिइरहेको छ । संगठनको इमर्जेन्सी प्रोग्रामका कार्यकारी निर्देशक डा माइक रेयानले जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा भने, ‘हामीले अत्यन्तै स’तर्क हुनुपर्छ ।

भाइ’रसले क्षमता गु’माएको भनी हामीले सोच्नुहुँदैन ।’ इटलीका एक चिकित्सकले को’रोनाभा’इरस क’मजोर बन्दै गएको बताएका थिए । उनको भनाइ कत्तिको साँचो हो भनी पत्रकार सम्मेलनमा सोधिँदा रेयानको जवाफ आएको हो । लोम्बार्डीको सान राफेल अस्पतालका प्रमुख अल्बर्टो जांग्रिलोले इटलीको एक प्रसारण संस्थासँग भनेका थिए, ‘यो भा’इरस क्लिनिकल रूपमा इटलीमा छैन । यो पहिलेभन्दा क’मजोर बनिसकेको छ । विगत १० दिनमा लिइएका स्वाब स्याम्पल हेर्दा तिनमा एक वा दुई महिनाअघिको तुलनामा भाइरल लोडको मात्रामा एकदमै कम छ ।’

विश्व स्वास्थ्य संगठनको इमर्जिङ डिजीज यान्ड जूनोसिस युनिटकी प्रमुख मारिया भान कार्खोभले भनिन्, ‘भा’इरसलाई त्यत्तिकै छोडेमा अझै फैलिन्छ र थप मानिसहरूलाई सं’क्रमित पार्छ । अनि सं’क्रमितमध्ये २० प्रतिशतमा यो रो’ग बनेर बस्छ ।’ रो’ग निर्मूल भएको भनिएको देशमा फेरि देखिएकोले स’तर्क हुनुपर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

Related Articles

Back to top button