vada
News

कस्तो मनकारी घरबेटी ! डेरावाल संक्र’मितलाई बनाइदिए आइसोलेसन कक्ष

विराटनगर । पछिल्लो समय तीब्र रुपमा कोरो’ना संक्र’मण फैलिएको मोरङको विराटनगरमा डेरा बस्नेलाई घरबेटीले घर छोड्न बाध्य बनाएको घ’टना नौलो हुन छाडेको छ । तर यहाँका एक घरबेटीले भने डेरावाल सं’क्रमितका लागि छुट्टै आइसोलेसन कक्षको व्यवस्था गरिदिएका छन् ।

विराटनगर महानगरपालिका– ३ का कृष्णकुमार सुवेदी र राधा सुवेदीले को’रोना संक्र’मितका लागि घरमै आइसोलेसन व्यवस्था गरिदिएका हुन् ।

एक साताअघि सुवेदीको घरमा भाडामा बस्ने एक जनालाई को’रोना सं’क्रमण पुष्टि भयो । महानगरले बनाएको आइसोलेसनमा बेड खाली नभएका कारण सं’क्रमित युवतीलाई कहाँ जाने भन्ने टुंगो थिएन । बस्ने ठाउँ नभएपछि सुवेदीले छुट्टै कोठा र शौचालयको व्यवस्था गरिदिएका हुन् ।

‘पोजेटिभ रिपोर्ट आएपछि छोरीलाई अन्तै कता पठाउनुभएको रहेछ’ पूर्व शिक्षकसमेत रहेका सुवेदीले भने ‘हामी पनि अभिभावक हौं, बाहिर बस्न दिन मनले मानेन, घरमै बोलाएर छुट्टै कोठा र शौचालय व्यवस्था गरिदिएँ ।’

सुवेदीको दुई तल्ले घर छ । भुई तल्लामा संक्र’मित युवतीलाई छुट्टै शौचालय र कोठा व्यवस्था गरिदिएका छन् । युवतीको परिवारलाई पनि छुट्टै शौचालय बनाइदिएका छन् । सुवेदी श्रीमती र छोरासहित दोस्रो तलामा बस्छन् । ‘यो रोगले धनी गरिब सकैलाई छोड्दैन’ उनले भने ‘मान्छे मर्दा छुन समेत पाइन्न, यस्तो बेला हामीले मानवता देखाउनुपर्छ ।’

संक्र’मितलाई मानवीय व्यवहार गर्दै सहयोगको आवश्यकता रहेको उनी बताउँछन् । ‘घरमा सतर्कता अपनाएका छौं’ सुवेदीले भने, ‘हाम्रो परिवार घरबाट बाहिर निस्किएको छैन । संक्र’मितको अवस्था दिनमा एक पटक बुझ्छु ।’

संक्र’मण पुष्टि भएका युवतीको परिवार ११ साउनयता सुवेदीको घरमा बस्दै आएको छ । २८ साउनमा विराटनगर ३ का ५७ वर्षका कोरो’ना संक्र’मितको मृ’त्यु भएको थियो । संक्र’मित युवती मृत’क पुरुषका आफन्त हुन् । युवतीको आफन्तको रिपोर्ट भने नेगेटिभ आएको सुवेदीले जानकारी दिए ।

यो अर्को समाचार, काठमाडौंको १ महिलासहित आज को’रोनावाट ८ जनाको नि’धन

को’रोनावाट काठमाडौमा १ सहित सोमवार थप ८ जनाको निध’न भएको छ । को’रोनावाट नि’धन हुनेको संख्या पनि दिनहु बढ्न थालेको छ ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले को’रोनाबाट सोमवार ३ महिला र ५ पुरुष गरी थप ८ जनाको निध’न भएको पुष्टि गरेका छन् ।

प्रवक्ता गौतमका अनाुसार कोरो’नाबाट सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँका ४८ वर्षीय महिलाको नि’धन भएको हो। त्यस्तै रुपन्देहीकी एक ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुषको पनि कोरो’नाबाटै निध’न भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरो’नावाट नि’धन हुनेको संख्या १५७ पुगेको छ ।

Related Articles

Back to top button