vada
News

नेपालमै अनौठो ठाउँ जहाँ ऐना ऐनाकै सडकको भित्तामा गाडी गुड्छ, ऐनाको छ एउटा यस्तो रहस्य

पूर्वी पहाड र मध्य तराईबाट राजधानी भित्रिने सबैभन्दा छोटो दूरी हो बिपी राजमार्ग । जहाँ दैनिक हजारौँ सवारी साधन चल्ने गदर्छ, जुन मार्गलाई जापान सरकारले २५ अर्बको लगानीमा निर्माण गरेको हो। सिन्धुलीको सुनकोशी गाउँपालिका ५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ ।

काठमाडौंबाट बनेपा धुलिखेल भकुण्डेबेसी नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर । जुन ठाउँको सडकमा हजारभन्दा बदी ऐनाहरु टाँसेको देख्न सकिन्छ । यो दृश्य देख्ना साथ सबैको मनमा एक किसिमको कौतुहलता पैदा हुनु स्वभाविकै हो। सडकको भित्ताभरी ऐना टास्नुको पछाडि धेरै कुराहरु लुकेको छ ।

जब कोही यात्रु होस् अथवा सवारी चालक त्यहाँ पुग्नु अगाडि नै सबैको मनमा एक किसिमको डर पैदा हुन्छ । जुन ठाउँ धेरै दु्घर्घटना हुने गर्दछ । केही तथ्यलाई हेर्दा विसं २०५८ वैशाख २० गते सिन्धुलीबाट काठमाडौं जाँदै गर्दा मुलकोट नजिकै रहेको रिट्ठे भीरमा बस खस्दा १४ जनाको नि’धन भएको थियो ।

२०६८ असोज २६ गते त्यसै ठाउँमा बस खस्दा बसका सबै यात्रु ४२ जनाको नि’धन भएको थियो । त्यसको ठिक छ वर्षपछि २०७६ असोज २६ गते ६ जनाको नि’धन भएको थियो । जुन ठाउँमा धेरै यात्रुहरुले ज्या न गु’माएका छन् ।

ऐनाहरु भित्र लुकेका अनेकै रहस्यहरु

आजभन्दा धेरै वर्ष अगाडि त्यस ठाउँमा गोरेटो बाटो थियो । बाटो नजिकै एउटा ठुलो सालको रुख थियो । रुखमुनि सानो पोखरी थियो । जुन पोखरीबाट पानी आउथ्यो । मानिसलाई पानी लैजान सजिलो हुन्थ्याे। तर जापान सरकारले सडक बनाउने क्रममा पानी र पोखरी दुवै मासियो । पोखरीमा देवी छन् भन्ने कुरा कसैलाई थाहा भएन, जहाँ पूजा आरधना गरिन्थ्यो।

त्यसको केही समयपछि एउटा आठ वर्षीया बालिकामा देवी उत्पन्न भइन् र उनले म देवी माता हुँ मलाई तिमीहरुले बस्न दिएनौ, मेरो बस्ने ठाउँ नै भत्कायौ, मेरो टाउको माथि गाडीहरु गुडिरहेको छ । मेरो लागि कसैले पनि मन्दिर बनाइदिएन् । जबसम्म मेरो नाममा मन्दिर बन्दैन तबसम्म म धेरै मान्छेहरुको भो’ग खान्छु भनिन् । स्थानीयहरुले त्यस कुरामा गम्भीर भएनन् ।

त्यसको केही समयपछि यात्रुवाहक वस शुनकोशी नदीमा खस्दा ४२ जनाको निधन भएको थियो, जसको आत्माले शान्ति पाओस् भनेर सप्ताह पनि लगाइदिए स्थानीयहरुले । सप्ताह लागेको बेला एक्कासी एउटी महिलामा देवी उत्पन्न भएर उनले बोकेको भरमा कोशीमा गएर सेतो ढुङ्गा लिएर एउटा रुखको जराको सेतो र रातो कपडाको धोजा बनाएपछि मन्दिर बनाएको स्थानीयहरु बताउँछन् ।

देवी मातालाई मन पर्ने भनेर ऐनाहरु राखियो । बिस्तारै ऐनाले धेरै संख्या लिन पुग्यो । ऐनाको दृश्यमा भुतप्रेत आउने नसक्ने र मानिसलाई दुःख दिन नसक्ने भएकाले यस स्थानमा ऐना राख्ने गरिएको जनविश्वास रहेको छ । आजभोलि त्यस स्थानमा जाने जोकोहीले पनि ऐना टाँस्ने गर्दछन् । यात्रु होस् या सर्वसाधरण त्यस ठाउँमा पुगेपछि केही समय रोकिएर ढोग्ने गर्दछन् ।

अझै पनि त्यहाँ पुग्नु अगाडि नै मानिसहरुको मनमा एक किसिमको डर पैदा हुने गर्दछ । यो समाचार नेपोल न्युज डटकममा छ।

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रास

Related Articles

Back to top button