vada
News

आज पनि सुनको मूल्यमा भारी गिरावट भएको छ हेर्नुहोस् कति भयो।

काठमाडौँ–केही दिन यता सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार तेजाबी मूल्य तोलामा ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

Related Articles

Back to top button