vada
News

भरतपुर अस्पतालको आइसोलेसनबाट भागेर साइकल चलाउँदै काठमाडौं हिँडेका युवक गल्छीमा प’क्राउ

भरतपुर १० भदौ । को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएपछि चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको अवस्थामा आइसोलेसनबाटै भागेका युवक प’क्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका भरतपुर महानगरपालिका–१२ घर भएका १९ वर्षीय युवक नुवाकोटमा पक्रा’उ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट भागेका युवक नुवाकोटको गल्छीबाट प’क्राउ परेका हुन् । अस्पतालको आइसोलेसनबाट भागेका उनी साइकल चढेर काठमाडौंतर्फ भागेका थिए । त्यस क्रममा उनलाई चेकजाँचको क्रममा नुवाकोट प्रहरीले गल्छीबाट प’क्राउ गरेको हो । उनलाई हाल नुवाकोटमै आइसोलेसनमा राख्ने गरी समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

Related Articles

Back to top button