vada
News

कोरोनाबाट एकैदिन ११ को मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौंका १ जना सहित ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ७५ पुगेको छ।

७ वटा जिल्लाका २ महिला र ९ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। महोत्तरीमा मात्र तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाराका ४१ र ३६ वर्षीय पुरुष, काठमाडौंका ५१ र बाँकेका ३७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

Related Articles

Back to top button