vada
News

क’हाली लाग्दो यो दृश्य : को’रोना भा’इरसको उपचारमा संलग्न स्वास्थ्यकर्मी दम्पती जसलाई तस्वीरले बनायो चर्चित

एजेन्सी – साधुसन्त बाहेक सबैजसो मानिस माया, प्रेम, सन्तान मोहजस्ता सांसरिक जीवनको बन्धनमा हुन्छन् ।तर कतिपय परिस्थितिमा यस्ता केही पेसाकर्मी हुन्छन् जसलाई माया, प्रेम र घरपरिवारको बन्धनमा चाहेर पनि बस्न सक्ने अवस्था हुन्न । को’रोना भा’इरसको म’हामारीले संसार आक्रान्त भइरहँदा स्वास्थ्यकर्मीहरु अहिले माया र प्रेममा चाहेर पनि रम्न सक्ने अवस्थामा छैनन् । म’हामा’रीबाट जोगिन संसारका कयौं मुलुकहरु लकडाउनमा रहँदा करोडौं मानिसहरु घरभित्रै बसिरहँदा स्वास्थ्यकर्मीहरु भने चाहेर पनि घरपरिवारसँग बस्न सकिरहेका छैनन् ।

स्वास्थ्यकर्मीहरु म’हामारीसँग अस्पतालका शैयामा छ’टपटा’इरहेका वि’रामीको उपचारमा तल्लिन छन् । घरपरिवार नै नभनिकन वि’रामीको उपचारमा क्रियाशिल भइरहेका एक स्वास्थ्यकर्मीहरुको जोडीको तस्वीर भने अहिले सामाजिक सञ्जालमा भा’इरल भइरहेको छ । अमेरिकाको फ्लोरिडास्थित टाम्पा जनरल अस्पतालमा कार्यरत मिन्डी ब्रूक र बेन कायेरको जोडीले एक अर्कालाई समाएर आँखामा आँखा जुधाएको तस्वीरले कयौँ मानिसलाई भावुक बनाएको छ ।

नर्स दम्पती मिन्डी र बेन दुवैलाई बि’रामीलाई श्वासप्रश्वासमा सहज हुने ट्युब जोडिदिने कार्यमा खटाइएको छ । उक्त काममा निरन्तर खटिएका उनीहरुले एकअर्कालाई छुन पनि पाउँदैनन् । पाइहाले पनि सुरक्षा उपकरण लगाउनुपर्ने बा’ध्यता छ । कयौं दिनदेखि वि’रामीको उपचारमा खटिरहेका उनीहरुले कामको बोझकैबीच पीपीईमा नै एकअर्कालाई हेर्दै माया साट्ने प्रयत्न गरेका हुन् । नर्सिङ पढ्दा प्रेममा परेक उनीहरुले पाँच वर्षअघि विवाह गरेका थिए । अहिले दुबै जना वि’रामीको सेवामा क्रियाशिल छन् ।

Related Articles

Back to top button