vada
News

फेरी बढ्यो सुनको मुल्य

बुधबार ९६ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य आज तोलाको ८ सय रुपैंयाले बढेर ९७ हजार ६ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजावी सुन ९७ हजार १ सय मा कारोबार भएको छ । अघिल्लो दिन यसको मुल्य ९६ हजार ३ सय मा कारोबार भएको छ ।

सुनको मुल्यमा उकालो लागेसँगै चाँदीको मुल्य पनि बढेको छ । हिजो तोलामा १३ सय १० मा कारोबार भएको सुनको मुल्य आज ३५ रुपैंया बढेर तोलाको १३ सय ४५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आइरहेकोमा आज आएर सुनको मुल्य उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको हो ।
पाँचौ दिन (विहीबार) सुनचाँदीको मुल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।

बुधबार ९६ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य आज तोलाको ८ सय रुपैंयाले बढेर ९७ हजार ६ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजावी सुन ९७ हजार १ सय मा कारोबार भएको छ । अघिल्लो दिन यसको मुल्य ९६ हजार ३ सय मा कारोबार भएको छ ।

सुनको मुल्यमा उकालो लागेसँगै चाँदीको मुल्य पनि बढेको छ । हिजो तोलामा १३ सय १० मा कारोबार भएको सुनको मुल्य आज ३५ रुपैंया बढेर तोलाको १३ सय ४५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आइरहेकोमा आज आएर सुनको मुल्य उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको हो ।

Related Articles

Back to top button