मा’स्कबारे नयाँ निर्दे’शिका जारी गर्दै डब्लू’एचओले भन्योः यसले को’रोना रो’क्न मद्दत गर्ने देखियो
बीबीसी। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा नयाँ निर्देशिका (गाइडलाइन) जारी गरेको छ। मास्कले पनि को’रोना भा’इरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबै व्यक्तिलाई यसका बि’रामी नजिक, सार्वजनिक स्थान तथा भिडभाडमा जाँदा अनिवार्य मास्क लगाउन सु’झाव दिएको हो।
यसअघि डब्लूएचओका विशेषज्ञ मास्कले को’रोना भा’इरस रो’क्छ कि रोक्दैन भन्नेमा दु’विधामा परेका थिए। यसैकारण उनीहरूले सर्व’साधारण सबैले मास्क लगाउनुपर्छ भन्न सकेका थिएनन्। तर अहिले को’रोना सर्ने नयाँ तरिका पत्ता लागेको भन्दै को’रोना सं’क्रमण सर्ने जोखिम स्थानमा जाँदा सबैले अनिवार्य मास्क लगाउनुपर्ने नि’र्देशिका जारी गरेको हो।
डब्लूएचओका अनुसार को’रोनाका ल’क्षण देखिनुअघि पनि व्यक्ति सं’क्रमित भ’इसकेको हुन सक्ने अर्थात् सं’क्रमित भ’इसकेर पनि कसैमा कुनै लक्षण नदेखिने तथ्य पत्ता लागेको हो। यसले गर्दा सबैसँग सबै ठाउँमा शारीरिक दूरी कायम गर्न नसकिने भएकाले स्वस्थ व्यक्तिमा को’रोना भा’इरस सर्न सक्ने देखिएको उल्लेख गर्दै डब्लू’एचओले सबैलाई अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेको हो।
जस्तैः सवारीसाधनमा यात्रा गर्दा, बजार जाँदा अर्थात् घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्छ, जसले सं’क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँदा गर्दा निकाल्ने थुकका छिटाबाट बचाउन मद्दत गर्छ। यस्ता स्थानमा जाँदा सामान्य र स्वस्थ व्य’क्तिले सा’धारण तथा घरमै बनाइएकाे लुगाकाे मास्क पनि लगाउन सक्ने तर ६० वर्षभन्दा माथि उमेर भएकाले अनिवार्य मेडिकल मास्क लगा’उनुपर्ने डब्लूएचओकाे नयाँ नि’र्देशिकामा उल्लेख छ।