vada
News

त्यो दिन तिमीले सहयोग गरेको भए, म बाँच्ने थिए…

रातको करिब ११ बजिरहेको थियो प्रमोद चितवन नारायणघाटस्थित एक होटलबाट बाहिर घर जानको लागि निस्कियो । टाढा-टाढासम्म सडक सुनसान थियो । अरु दिनहरूमा प्रमोद बेलुका ८ बजे नै होटलबाट घर जाने गर्थ्यो । तर आज होटलमा अलिक ग्राहकहरुको चाप बढी भएका कारण उसलाई होटल मालिकले ११ बजे जानको लागि भनेका थिए । थाकेको शरीर होटलबाट मोटरसाइकल लिएर पर्सा घर जानको लागि निस्कियो । रात छिप्पिदै थियो त्यसमाथि सुनसान सडक .. ।

प्रमोद आरामले मोटरसाइकल चलाइरहेको थियो, अ’चानक उसलाई महसुस भयो कि उसको पछाडि सिटमा कोही बसिरहेको छ । प्रमाेदले पछाडि फर्किएर हेर्‍यो , सिटमा कोहि थिएन । प्रमोदले केहि बुझ्न् नै सकिरहेको थिएन कि यो के भैरहेको छ भनेर । उसलाई लाग्यो कि यो एक भ्रम हो । तर केहि समयपछि उसलाई महसुस भयो उसको काँधमा कसैले हात राखिरहेको छ भन्ने ।

प्रमोद ले साइड ऎनामा हेर्‍यो, त्यहाँ उसको मोटरसाइकल पछाडि सिटमा एउटी सुन्दर केटि बसेकी थिइन । प्रमोदले बाइकको स्पिड बिस्तारै गरेर पछाडि फर्किएर हेर्‍यो त्यहाँ सिटमा कोही थिएन, सिट खाली थियो…। फ़ेरी उसले साइड ऎना हेर्यो, पछाडि एउटि सुन्दर केटि सिटमा बसेकी थिइन ।

प्रमोद ड’राउन थाल्यो उसले मोटरसाइकलको गति बढाउन थाल्यो । ४०, त्यसपछि ५०, फ़ेरि ६० त्यसपछि ७० फ़ेरि बिस्तारै १०० तर जुन तरिकाले मोटरसाइकलको स्पिड बढिरहेको थियो उसको काँधमा हातले जोडले पक्डिरहेको महसुस भैरहेको थियो …..

प्रमोद पसिनै पसिना भैरहेको थियो । उसलाई लागिरहेको थियो की किचकन्य या भुतको छायाले उसलाई पछ्याइरहेको छ ..! उसले बाइकको स्पिड अरु बढाउन थाल्यो १२० किलोमिटरको रफतार …

ड’र धेरै नै लागिरहेको थियो प्रमोदलाई आफुमाथी के भैरहेको छ भन्ने बुझ्न नै सकिरहेको थिएन । त्यसबेला अ’चानक पुर्ब झापा बिर्तामोड काँकडभिट्टाबाट काठमाडौ तिब्रगतिमा जाँदै गरेको नाइट बसले उसलाई कस्सेर ठ’क्कर दियो । जसमा काठमाडौ बाट पुर्ब तिर जाँदै गरेको गाडिको टायरले टाउको र छातिमा च्यापेर उसको घ’ट्नास्थलमा नै मृ’त्यु भयो ।

प्रमोदको मृ’त शरीर रोडमा र’गत बगिरहेको थियो… तर आत्मा भने त्यही छेउमै रहेको रुख नजिकै थियो र उसको अगाडि त्यही केटि उभिएर हाँसिरहेकी थिइन …. प्रमोद उसँग रि’सायो र भन्या- तिम्रो कारण ले बिनाकारण आज म मरे…

यो सुनेपछि उस केटि चि’च्याउन थालि । मेरो कारणले तिम्रो मृ’त्यु भएको हैन बरू तिम्रो कारणले चाहिँ मेरो मृ’त्युु भएको हो…। उसको कुरा सुनेपछि प्रमोद छक्क पर्‍यो …

तिमी यो मलाई के आ’रोप लगाई रहेकी छौ । उसले साध्याे, तब उस केटीले भनी: म पुरानो मेडिकल कलेजको नर्स हुँ बेलुका ७ बजे ड्युटी सकेर घर फर्किदै गर्दा आजभन्दा १ बर्ष दुई महिना ३ दिन अगाडि यहीँ ठाउँमा रातको ८ बजे मेरो स्कुटी पंन्चर भएको थियो ।

कसैले मद्दत गरिरहेका थिएनन्, म बिस्तारै-बिस्तारै स्कुटी धकलेर टाँढीमा रहेको आफ्नो घरतिर जाँदै थिए… तिमी बाइकमा आइरहेका थियौं । र मलाई स’मस्यामा देखेर पनि बेवास्ता गर्‍यौ । अलि पर पुलमा गएर बाइक रोक्यौ र चुरोट तान्दै हाँस्न थाल्यौं ….

सायद मेरो कपडा कन्फर्टेवल थिएन, दुई हातले स्कुटी ध’केल्दा.. म रिसाउदै रोडमा स्कुटी ध’केल्दै थिए ! अचानक आजको जसरी नै तिब्रगतिमा अनियन्त्रित आइरहेको टिप्परले ठ’क्कर दियो र म यही काँस, सिरुको झाडिमा आएर खसे.. म घा’इते अवस्थामा थिए ।

तिमी म हुने ठाउँसम्म आयौं तर अर्काको ल’फडामा को पर्छ भन्ने सोचेर त्यहि बस गएको ठाउँतिरै आफ्नो मोटरसाइकल लिएर गयौं …. । यदि तिमिले थोरै कोशिश गरेका हुन्थ्यौ भने सायद म बाच्न सक्थे… तिमिलाई थाहा छ म आफ्नो बृद्ध बुबाआमाको एक मात्र साहारा छोरी थिए । कति दिनसम्म उहाँहरुले नखाइ भो’क भो’कै म आउने बाटो हेरिरहे … तर त्यसबेला तिमिले थोरै कोशिश गरेका हुन्थ्यौ भने….

कमसेकम प्रहरीलाई खबर गरिदिएकाे भने… तर बस चलाउने ड्राइभर लाई त मैले पहिला नै मा-रिसकेको छु … आज तिमिलाई पनि मा-रेर मैले आफ्नो मृ’त्युको बदला लिएँ भन्दै जोड जोडले हाँस्न थालिन ….

नाइ यो हुन सक्दैन ….. भन्दै प्रमोद हडबडाउदै निन्द्रा बाट ब्युझियो हेर्दा उ आफ्नो ओछ्यानमा थियो … । उसको पसिनै पसिनाले पुरै शरीर भिजेको थियो ..

के यो सपना थियो ……..

हो साथिहरु थियो त केवल एक सपना तर शिक्षा दिने खालको सपना । मित्रहरुहो यो कथा काल्पनिक जरुर हो तर यसको एक उदेश्य भने पक्कै छ । यस्तो कि कसैलाई तपाईंको आवश्यक परेको बेला नहि’च्किच्याइ सहयोग गर्नुहोस् र सक्नुहुन्छ भने उसको अवस्था हेरेर उसलाई खिल्ली नउडाउनुहोस् ।

Related Articles

Back to top button