vada
News

मलाई केही हुँदैन, मलाई कोरोना छैन भन्ने काठमाडौँका अटेरी मान्छेका कारण भयाभह बन्यो कोरोना

काठमाडौं । कोरोनाले धनी गरिब ठूलो सानो केही भन्दैन । यसले मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेहरुलाई मात्रै आक्रमण गर्न सक्दैन ।

तर ढिलोगरी भारतहुँदै काठमाडौँ छिरेको कोरोनाले भयाभह रुप लिएका बेला काठमाडौँमा मलाई केही हुँदैन, मलाई कोरोना छैन भन्ने काठमाडौँका अटेरी मान्छेका कारण काठमाडौँमा कोरोना संक्रमणको दर भयाभह बनेको हो ।

काठमाडौँमा उपत्यकामा आज ४१५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना गरी जम्मा ४१५ जना सहित देशभर ९ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज नेपालमा आज१ सय ६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २ ४२ निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज १० हजार ९ सय २९ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button