vada
News

लकडाउन खुले लगत्तै ६ लाखलाई रोजगारी दिने ओली सरकारको यस्तो छ योजना, हेर्नुहोस….

काठमाडौ । को’रोना भा’इरसका कारण वैदेशिक रोजगारमा जान नपाएका र स्वदेशमा बेरोगार रहेका ६ लाख नागरिकलाई लकडाउन लगत्तै संघीय सरकारले रोजगारी दिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारलाई सुचिकृत गरि १०० दिन बराबरको रोजगारी दिनेगरी गृहकार्य अघि बढाइएको हो ।

वैदेशिक रोजगारमा जान नपाएका, विदामा आएका, मुलुकभित्र काम नपाई रोजगार केन्द्रमा सूचीकृत भएका सबैलाई समेटेर प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाउनेगरी तीव्र रुपमा तयारी बढाएको छौं,’ श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए । उनका अनुसार वैदेशिक रोजगारमा जान नपाएकाहरुको आर्थिक अवस्था मूल्यांकन गरेर मात्रै रोजगारी दिइनेछ । त्यसको जिम्मा स्थानीय तहले पाउनेछन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयका अनुसार हालसम्म १३ लाख नेपाली वेरोजगार रहेको भन्दै सरकारसँग रोजगारी माग्दै सुचिकृत भएका छन् । त्यसमध्ये यसवर्ष ५ लाखलाई काममा खटाउने सरकारको तयारी छ । वैदेशिक रोजगारमा जान नपाएका र विदामा आएका करिब १ लाखलाई समेत रोजगारी दिने सरकारको तयारी रहेको मन्त्रालयका अधिकारीहरुले बताए ।

‘सूचीकृत भएजतिका काममा आउछ भन्ने छैन्, त्यसैले ६ लाखलाई रोजगारी दिनेगरी तयारी अघि बढेको छ,’ प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने मन्त्रालयका उपसचिव डा. लोकनाथ भुसालले बताए । उनका अनुसार वैदेशिक रोजगारमा जान नपाएका तर प्रधानमन्त्री रोजगार कार्यक्रममा यसअघि सुचिकृत नभएकालाई सरकारले मौका दिनेगरी गृहकार्य गरिरहेको छ । सुचिकृत हुनका लागि म्यादथपबारे सरकारले एक हप्ताभित्रै निर्णय लिन लागेको उनको भनाई छ ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button