vada
News

विशेष के छ त भिडियोमा जुन भिडीयो ८० लाख बढीले हेरे भिडीयो हेर्नुहोस्

पछिल्लो समय मानिसहरुमा भिडियो शेयरिङ मोबाइल एप टिकटकको लोकप्रियता बढी नै छ । छोटो भिडियो लि,प–सि,ङ्क सेयरिङ्ग एप टिकटकमा भिडियो अपलोड गर्नेहरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिमबाट बनाइएका टिकटक भिडियो तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छन् ।यस्तै एउटा भिडियो अहिले भाइरल भएको छ ।
उक्त टिकटक भिडियोमा एक युवतीले नृ,त्यु गरिरहेकी हुन्छिन् । उनको नृ,त्यका का,रण उक्त टिकटक भिडियोले चर्चा पाएको नभइ भिडियोमा देखिएको एउटा दृश्यले सबैको ध्यान तान्नुका साथै चकित पारेको छ ।
विशेष के छ त भिडियोमा ??

भान्सा कोठामा ती युवतीले नाचेको भिडियो बनाउँदै गर्दा उनको पछाडि रहेको सिसामा एक छायाको दृश्य देखिन्छ । उक्त दृश्यलाई भूत भएको बताइएको छ । भिडियोमा देखिएको उक्त छायाको दृश्यका कारण ती युवती पनि त्रसित देखिन्छिन् ।

भिडियो अपलोड गर्दै ती युवतीले लेखेकी छन् ‘यो भिडियोमा म एक्लै छैन । मरो साथमा यहाँ अरु कोही पनि छन् । तर, मलाई थाहा छैन को छ भनेर ।’ यो भिडियोलाई ७० लाखभन्दा बढीले हेरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस् ***

इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ ।के हो टिक टक ?टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् ।

के हो त टिकटक ?

बाइट डान्स नामक कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुग्यो ।गुगल प्लेमा टिक–टकको परिचय short videos for you भनेर दिइएको छ ।

प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छ: टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन ।

चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरिरहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्डमा दुनियाँलाई आफ्नो कहानी बताउनुहोस् ।टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ ।

तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।

टिक टकका केही खास तथ्य· टिक टकबाट भिडियो बनाउँदा तपाईंले आफ्नो आवाजको प्रयोग गर्न सक्नुहुन्न । केवल आवाज अनुसार ओठ चलाए (लिप सिङ्क गर्नु) पुग्छ ।· जसरी फेसबुक तथा ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाइड गराउन अर्थात् ब्लू टिक पाउनका लागि प्रयोगकर्ताले निकै मेहेनत गर्नुपर्दछ । त्यस्तै टिकटकमा भेरिफाइड अकाउन्टवाला प्रयोगकर्ताको संख्या निकै धेरै छ ।

तर टिकटकमा ब्लू टिक होइन सुन्तला रङको रेजा अर्थात् अरेन्ज टिक पाइन्छ ।· जसलाई अरेन्ज टिक प्राप्त हुन्छ त्यसको अकाउन्टमा पपुलर क्रिएटर लेखेको देखिन्छ । साथै उक्त अकाउन्टवालाको भिडियो कतिले मन पराए अर्थात् कति मुटु आकारको संकेत प्राप्त गर्यो भन्ने पनि थाहा पाइन्छ ।

विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरेसँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे खटाउँदछन् । आम रुपमा यस्ता मानिसहरुलाई भर्ती गरिन्छ जो देख्दा सुन्दर होउन्, कमेडी गर्न आओस् अनि गाउने तथा नाच्ने कला पनि होस् । भिडियो हेर्न तल क्लिक गर्नुहोस् ***

उनीहरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकटकमा हाल्नुपर्दछ र यसका लागि उनीहरुलाई केही पैसा प्राप्त हुन्छ ।साथै संघर्षको सुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई पनि यसमा सामेल गरिन्छ । त्यसबाट कलाकारलाई पैसा मात्र होइन, आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त हुन्छ । अर्कोतर्फ कम्पनी तथा एपको प्रचारप्रसार पनि हुन्छ ।

यसबाहेक कम्पनी तथा साधारण प्रयोगकर्ताका लागि आम्दानीको छुट्टै मोडेल पनि हुन्छ । यदि कसैले आफ्नो भिडियोमा कोकाकोलाको बोतल देखाउँदछ वा कुनै स्याम्पुको बोतल देखाउँदछ भने भिडियोको लोकप्रियताको आधारमा ब्राण्ड प्रवद्र्धनको माध्यमबाट सम्बन्धित कम्पनीमार्फत एप निर्माता र भिडियो अपलोड गर्ने दुवैलाई आम्दानी हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस् ***

भिडियोको भ्यूज, लाइक, कमेन्ट र शेयरको अनुपातमा टिकटक प्रयोगकर्ताको कमाई तय हुन्छ ।विज्ञहरुका अनुसार अहिले धेरै सोसल मिडिया एप्सले भ्यूजको साटो इन्गेजमेन्ट तथा अन्तरक्रियामा धेरै ध्यान दिने गरेका छन् । अर्थात् तपाईंको भिडियो कति मानिसले हेरे भन्दा पनि कति धेरै मानिसले प्रतिक्रिया जनाए त्यस आधारमा प्रयोगकर्ताको कमाइ बढ्दछ ।

Related Articles

Back to top button