vada
News

अस्पतालमा को’रोना सं’क्रमितलाई अब रोवोर्टले दिन्छ खाना र औषधी

वीरगंज,१४ भदौ । वीरगन्ज कोरो’नाको सबैभन्दा बढी जो’खिम भएको मध्य एक हो । सो क्षेत्रमा समुदायमै कोरो’ना फैलिएको आँकलन स्थानिय तहले गरेको छ । दिनहुँ संक्र’मितको संख्या बढ्दै गएको छ । संक्र’मितको प्रत्यक्ष संम्पर्कमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी लगायत पनि संक्र’मित हुन थालेका छन् । यस्तो अवस्थामा संक्र’मितसंग प्रत्यक्ष सम्पर्कमा जादा हुने जोखि’मवाट बच्न रोबोर्टवाट खाना दिने सिस्टम तयार पारिएको छ । जसलाई सिस्टर रोबोट भनिएको छ ।

सानो पाइला संस्था वीरगंजले राष्ट्रिय अनुसन्धान परिषद्को समन्वयमा सिस्टर रोबोट तयार पारेको हो । सो रोबोट संस्थाले वीरगंजको कोभिड अस्पताललाई हस्तान्तरण गरेको छ । अब सोही रोबोटले अस्पतालमा उपचार गराई रहेका संक्र’मतिहरुको लागि खाना, औषधि तथा अत्यावश्यक समान लैजाने भएको हो।

सानो पाइला संस्थाका कर्मचारी तथा भौतिक शास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले मिलेर यस्तो रोबोर्ट बनाएका हुन् । संक्र’मितलाई खाना, नास्ता, पानी, औषधिलगायत कामको लागि स्वास्थ्यकर्मीहरु अब संक्रमित नजिक जान नपर्ने भएको छ ।

Related Articles

Back to top button