vada
News

काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण

काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंकी एक महिला कोरोना पोजेटिभ देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको कोरोना पोजेटिभ आएको हो।

शुक्रबारमात्रै ४४८  जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।

Related Articles

Back to top button