vada
News

धारवाला चक्कुले हुन्छ संसारकै सबैभन्दा खतरनाक बडी मसाज

काठमाडौं । मानिसहरु अहिले यति धेरै व्यस्त छन् कि उनीहरु आफ्नो ध्इान दिन पनि भ्याउँदैनन् ।

उनीहरुको आफ्नै लागि पनि समय पर्याप्त छैन । अफिस घर गर्दागर्दै उनीहरुको समय जान्छ । त्यसैले उनीहरु बिदाको दिन रिल्याक्स फिल गर्नको लागि मसाजको सहायता लिन्छन् । तर के तपाईलाई थाहा छ ? कि, संसारकै सबैभन्दा खतरनाक मसाज कहाँ र कसरी हुन्छ भन्ने कुरा थाहा छ ? यदि छैन भने हामी आज तपाईलाई त्यसको बारेमा जानकारी गराउँछौँ ।

ताईवानमा संसारकै सबैभन्दा खतरनाक मसाज गर्ने गरिन्छ । त्यहाँ मसाज गर्नको लागि दुई ठूला चक्कुको प्रयोग गरिन्छ ।

त्यसलाई चक्कु मसाज पनि भनिन्छ । ताइवानका हरेक शहरमा यस प्रकारको मसाज गर्ने पार्लर छन् ।

यस मसाजमा थेर्यापिस्ट दुई चक्कुलाई केमिकलले सफा गरिएपछि सारा शरीरमा बिस्तारै प्रहार गरिन्छ ।

यो तरिका २ हजार वर्ष भन्दा पुरानो रहेको छ । यो मसाज चीन वौद्ध भिक्षुहरुले फैलाएका थिए ।

एजेन्सीको सहयोगमा

Related Articles

Back to top button