vada
News

कोरोनावाट ४ वर्षीया बालिका सहित एकैदिन ११ जनाले ज्यान गुमाए

काठमाडौ । नेपालमा कोरोना भाइरसकोबाट मंगलवार एकै दिन ११ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा चार वर्षीया बालिकासहित थप ११ जना छन् । स्वास्थ्य मन्त्रालयले ११ जनाको निधन भएको पुष्टि गरेको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाबाट थप जनाको निधन भएको बताए। निधन यु हुनेमा महोत्तरीकी एक ४ वर्षीया बालिका र १० पुरुष रहेका छन्।

निधन हुनेमा महोत्तरीकी एक ४ वर्षीया, महोत्तरीका ३७, सिरहाका ६५, पर्साका ५३, ८० र ६० बाराको ६०, चितवनको ५३, काठमाडौँका ७०, ३५ मकवानपुरका ५८ वर्षीय पुरुषको कोरोनाबाट निधन भएको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ।

Related Articles

Back to top button