vada
News

कोरोनाका कहरका बीच २५ वर्षकी राजमती रानाले सेती अस्पतालमा तीम्ल्याहा छोरीहरु जन्माईन

कैलाली । कञ्चनपुरकी एक महिलाले तीम्ल्याहा छोरी जन्माएकी छन्। कोरोनाका कहरका बीच धनगढीको सेती प्रादेशिक अस्पतालमा उनले सोमबार तीम्ल्याहा बच्चा जन्माएकी हुन्। कञ्चनपुरको कष्णपुर नगरपालिका–२ बाँणी घर भएकी २५ वर्षकी राजमती रानाले सेती अस्पतालमा तीम्ल्याहा छोरीहरु जन्माएको अस्पतालले जनाएको छ।

सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसुती रोग विभाग प्रमुख डाक्टर खगेन्द्र भट्ट, स्त्री तथा प्रसुती रोग विषेशज्ञ डाक्टर सलीना खड्का, डाक्टर अञ्जना शर्मा, डाक्टर कपील गौतम र एनेस्थीया असिस्टेन्ट नियम न्युरे सहितको टोलीले सल्यक्रिया गरी तीम्ल्याहा बच्चा जन्माएका हुन्

तीनै छोरी र आमाको अवस्था सामान्य रहेको रहेको अस्पातालले जनाएको छ।सोमबार बिहान मात्रै रगत बगेको भन्दै उनलाई सेती अस्पताल भर्ना गरिएको थियो। ७ महिना मात्रै भएकाले तीम्ल्याहा शिशु क्रमश १४ सय, १२ सय ५० र १२ सय ग्रामका छन।from rastryia sanchar

Related Articles

Back to top button