vada
News

मेटामोर्फिक मेनिफेस्टोमा ‘तेश्रो लि’ङ्गी’ बने आयुष्मान

काठमाडौं, १७ भदौ । नायक आयुष्मान देशराज जोशीले आफ्ना फ्यानहरुलाई सर’प्राइज दिए । उनले, एक सिरिजका लागि आफ्नो गेटअप नै परिवर्तन गरेका छन् । तर, यो गेटअप अन्य चलचित्रमा परिवर्तन गरे जस्तो सा’धारण खालको भने छैन ।

आयुष्मानले सार्वजनिक गरेको तस्वीरमा उनी ते’श्रो लि’ङ्गी बनेका छन् । उनले यो चलचित्रका लागि न्यू’ड दृ’श्य दिएका छन्, जसलाई उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

आयुष्मान लेख्छन्–‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो । यो श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण हो । जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक ते’श्रो लि’ङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’

आयुष्मानले यो श्रृङ्खला आफ्ना लागि विशेष भएको पनि उल्लेख गरेका छन् । उनले यो श्रृङ्खलालाई आफूले कहिले पनि कामको रुपमा नलिएको पनि उल्लेख गरेका छन् । यो पुरुष वा महिलाको नभएर, एक मानिसको संघर्षको कथा भएको आयुष्मानले उल्लेख गरेका छन् ।

आयुष्मान लेख्छन्–‘यो एक मानिसले आफूमा आफूलाई खोज्ने प्रयासको कथा हो, जुन उसको अधिकार भित्र पर्दछ ।’ यो सिरिजमा नायक आशिरमान देशराज जोशीलाई पनि देख्न सकिन्छ ।

Related Articles

Back to top button