vada
News

काठमाडौमा बुधवार थपिए ३८८ जना संक्रमित, देशभरी ११ सय २० संक्रमित

काठमाडौं । काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। नियमित प्रेस व्रिफिगंका क्रममा उनले सो कुरा पुष्टि गरेका हुन् ।

उनका अनुसार काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस देखिएको हो। मंगलबार उपत्यकामा ४८१ जनामा कोरोना संक्रमित थपिएका थिए। गौतमका अनुसार काठमाडौंका ३९३ जना, भक्तपुरका ३० जना र ललितपुरका ५८ जनामा कोरोना भाइरस देखिएको हो। यस्तै सोमबार काठमाडौं उपत्यकामा थप २९८ जना कोरोना संक्रमित थपिएका थिए।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा गरेर थप ११ सय २० जनामा कोरोना पुष्टि भएको बताए।

आज संक्रमित हुनेमा ३२० महिला र ८०० जना पुरुष रहेका छन्। प्रवक्ता गौतमका अनुसार नेपालमा आज संक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमित निको भइका छन्। योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या २३ हजार २९० पुगेको छ।

Related Articles

Back to top button