नेपालमा कोरोनवाट ज्यान गुमाउनेको संख्या १८ पुग्यो
काठमाडौं । नेपालमा कोरोन संक्रमणवाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । बाराको निजगढका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएसंगै मृतकको संख्या १८ पुगेको हो ।
वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा शुक्रवार राति भेन्टिलेटरमा उपचारका क्रममा मृ’त्यु भएको हो। मृ’त्युपश्चात कोरोनाको आ’शंकामा उनको स्वाब परीक्षण गरिएको थियो।
स्वाब परीक्षण गर्दा बालकमा संक्रमण पोजेटिभ देखिएको नारायणी अस्थायी अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।
मृत्युपछि कोरोना देखिएपछि बालकको श’वलाई प्रहरीले दाहसंस्कार गर्ने तयारी गरेको छ।
योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १८ पुगेको छ। हिजै वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृ’त भेटिएका २५ वर्षीय युवकमा पनि कोरोना पोजेटिभ देखिएको थियो। पछिल्लो दुई मृ’त्यु संख्याबारे स्वास्थ्य मन्त्रालयलको औपचारिक जानकारी गराउन बाँकी छ।