vada
News

बागलुङ बाढी अपडेटः ज्या’न गुमा’उनेको संख्या १२ पुग्यो, तीन जनाको श’व गुल्मीमा फे’ला

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजी खोलाको आएको बाढीले बेप’त्ता भएकामध्ये १२ जनाको श’व फे’ला परेको छ । बाढीमा ४१ जना बे’पत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेप’त्ताको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । घ’टनास्थलको क्षेत्र ठूलो हुँदा सुरक्षा निकाय र स्थानीयवासीलाई उद्धारमा सम’स्या भएको छ ।

बाह्र जनाको श’व क्ष’तवि’क्षत फे’ला परेका कारण पहिचान गर्न स’मस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्ष’ति पुर्‍याएको छ । बाढीले स्थानीय विद्यालय, लघु जलविद्युत् तथा झोलुङ्गे पुलसमेत बगाएको छ ।

श’व पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृ’तकमध्ये एकको मात्रै पहिचान भएको छ । कसैको खुट्टा त कसैको टाउको चुँडिएको अवस्थामा श’व फे’ला परेको प्रहरीले जनाएको छ ।

घट’नास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेका छन् । घट’नामा हालसम्म चार जना घा’इते भएको प्रहरीको बताएको छ । अविरल वर्षासँगै बुधबार राति १२ बजे आएको बाढीले बस्ती बगाएको हो ।

तीन श’व गुल्मीमा

बागलुङको ढोरपाटनमा बाढीले बगाएर हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फे’ला परेको छ ।

मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फे’ला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिए ।

बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा किनारमा श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेका शवमध्ये एक बालक र अन्य दुई जना अन्दाजी ३५-४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ ।

उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरामा हराइरहेका अन्य गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ ।

बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।

Related Articles

Back to top button