vada
News

कोरोना संक्रमित र प्रहरीबीच झडप, चार जना संक्रमित घाइते

एलपी पौडेल / सुर्खेत । दैलेखमा कोरोना संक्रमित र प्रहरी बिच झडप भएको छ । नारायण नगरपालिका दैलेख बजारको त्रिभुवन मध्यामिक विध्यालयको आइसोलेसनमा कोरोना संक्रमित र प्रहरीबीच झडप हुम्हदा ४ जना कोरोना संक्रमित घाइते भएका हुन् ।

आइसोलेसनमा बसेकाहरुले १ महिनासम्म पुनः स्वास्थ्य चेक जाँच नगरिएको, पीसीआर पोजेटिभ र आरडिटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, आइसोलेसनमा बस्दा खानपिनको राम्रो व्यावस्थापन नभएको भन्दै आन्दोलन गरेका थिए ।

आइसोलेसनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

प्रहरीको कुटाइबाट एक जनालाई सक्त घाइते भएका छन् भने तिन सामान्य घाइते भएको उनले बताए । उनीहरुलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ ।

Related Articles

Back to top button