News
२४ घण्टामा हालसम्मकै बढीको कोरानाले मृत्यु
काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
यससँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
यसअघि विहीबार थप ६ जनाको मृत्यु भएको थियो ।