News
नेपालमा आज पनि १३ सय ५४ जनाले कोरोनालाई जितेर घर फर्किए
नेपालमा आज पनि १३ सय ५४ जनाले कोरोनालाई जितेर घर फर्किए
काठमाडौं । नेपालमा आज १३ सय ५४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५ सय ६१ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार निको भएकाहरु देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् ।