vada
News

जनकपुरमा डेढ महिने शिशुको उपचारका क्रममा मृ’त्यु, चिकित्सकले मा’रेको भन्दै प्रहरीमा उ’जुरी

जनकपुरधाम : जनकपुरधाममा चिकित्सकको लाप’रवाहीका कारण दुई जना विरा’मीको मृ’त्यु भएको घ’टना नसेलाउँदै फेरि डेढ महिने शिशुको मृ’त्यु भएको छ। चिकित्सककै लाप’रवाहीका कारण मिथिला विहारी नगरपालिका वडा नम्बर ७ तारापट्टीका एक शिशुको मृ’त्यु भएको पीडित परिवारजनले आ’रोप लगाएका छन्।

जनकपुरधाम वडा नम्बर ८ स्थित रामानन्द चौकमा रहेको जनकपुर श्री राम हस्पिटल प्रा.लिमा मिथिला विहारी नगरपालिका वडा नम्बर ७ तारापट्टीका उस्मान नदाफ आफ्नो डेढ महिने छोरोको उपचारका लागि पुगेका थिए। शिशुले दिसा पिसाब गर्नै छोडेपछि अस्पतालमा उपचारका लागि लगेको र चिकित्सकको लाप’रवा’हीले छोराको मृ’त्यु भएको उस्मानले आरो’प लगाए।

डेढ महिने शिशुको मृ’त्यु भएपछि परिवारजन आक्रो’शित भएका छन्। चिकित्सकको लाप’रवा’हीका कारण शिशुको मृ’त्यु भएको भन्दै परिवारजनले अस्पताल प्रशासन र शिशुलाई उपचार गरेका चिकित्सक कामेन्द्र यादववि’रुद्ध प्रहरी चौकीमा निवेदन दर्ता गराएका छन्। जनकपुर श्री राम हस्पिटल प्रा.लि. र चिकित्सकविरुद्ध उनका आफन्त भुल्ला नदाफले जनकपुरधामस्थित जानकी प्रहरी चौकीमा निवेदन दर्ता गराएका हुन्।

‘हामीले त चिकित्सकको लापरवाहीका कारण शिशु गुमायौं। तर यस्तो अरु कोहीसँग नहोस्। अस्पता’ल ब’न्द गराउन र त्यस्ता चिकित्सकको लाइसेन्स नै खारेज गर्न कानुनी रुपमा अघि बढेका छौं,’ उस्मानले भने।

‘घरमा छोराको अवस्था समान्य थियो, अस्पताल पुग्दा ज्या’नै गु’मायो’

उस्मान नदाफ र जयमन खातुनको ४ जना छोरी मात्रै थिए। छोरो पाउनका लागि कैयौ चिकित्सकलाई उस्मानले गुहारेका थिए। त्यतिमात्र होइन कैयौ दरगाह गएर भाकल गरे, हकिम वैद्य समक्ष पुगेर देखाए। ‘चार छोरीको जन्मपछि साउन ९ गते छोरो पाएँ। तर चिकित्सकहरुले लापरवा’ही गरेर त्यो छोरोलाई पनि मा’री दियो,’ उसमानले भने, ‘छोरो पाउनकै लागि ५ लाख’सम्म खर्च गरेको थिएँ, त्यो सबै खेर गयो।’

उस्मानका अनुसार दुई तीनदेखि डेढ महिने शिशु उमर फारुक दिसा पिसाब गर्नै छोडेको थियो। फारुकले दिसा पिसाब गर्न छोडेपछि हत्तपत्त उपचार गराउनका लागि उनी गाउँबाट जनकपुर श्री राम हस्पिटल प्रा.लि.मा उपचार गराउनका बिहिबार पुगेका थिए।

आमा जयमनका अनुसार उपचारका लागि पुगे लगत्तै दिसा पनि गर्‍यो। पिसाब पनि गर्‍यो। तैपनि उपचारका लागि चिकित्सकको सल्लाहले अस्पतालमा भर्ना गराएका थिए। आमा जयमनले भनिन्, ‘डाक्टरले चेक गरेपछि दुई वटा इन्जेक्सन दियो, स्लाइन पनि चढायो, त्यस लगत्तै रुघा खोकी शुरु भयो। रुघा खोकी शुरु भएपछि इन्जेक्सन दिए लगत्तै मेरो छोरोको मृ’त्यु भयो। यसमा चिकित्सकको ला’पर’वाही छ।’

यता अस्पताल प्रशासनका प्रमुख अमित कुमार आमाको लाप’रवा’हीले उनको छोरोको मृ’त्यु भएको दा’वी गर्छन्। उनका अनुसार शिशुलाई उपचारका लागि भर्ना गराए लगत्तै चिकित्सकहरुले नोजल ड्रप दियो। प्रिनाकोटको सय एमजी मध्ये १५ एमजी शिशुलाई दिनका लागि भनेका थिए। ‘शिशुको अवस्थामा सुधार नआएपछि शिशुको आमाले नोजल ड्रप दिनका लागि हट कसेका थिइन्। जबकि चिकित्सकले बारम्बार रोके। तैपनि आमाले लुकाएर नोजल ड्रप आफै शिशुलाई दिइन्,’ अस्पताल प्रशासनका अमितले दावी गरे, ‘चिकित्सकले सक्सम अर्थात श्वास नलिलाई क्लियर गर्न बाँकी नै थियो। त्यस अगाड नै बच्चालाई दूध खुवायो, लगत्तै शिशुको मृ’त्यु भएको हो। अस्पतालको केही ग’ल्ती छैन।’

Related Articles

Back to top button